🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुराँस वन गिरीद्वारा लिखित पुस्तक ‘स्त्री र सम्भोग’ लोकार्पण

काठमाडौं । गुराँस वन गिरीद्धारा लिखित सिमल बुक पब्लिकेशनद्धारा प्रकाशित स्त्री र सम्भोग आज लोकार्पण गरिएको छ । २०८३ वेशमख १८ गते शुक्रबार एक समारोहका बीच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो ।

लेखक गिरीले जीवनको उद्देश्य र बोध सम्झाउने बताइन् । ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन । यो कस्तो किताब हो भने एउटा पिताले आफ्नो छोरीको विवाह गरिदिनुभन्दा अगाडि यो किताबमा समेटिएकी पात्र मञ्जु, समना जस्ता बन्नबाट कसरी रोक्न सक्छ, यसले जीवनको उद्देश्य र बोध सम्झाइदिन्छ,’ उनले भनिन् ।

उनले यस कृतिमार्फत नारीहरुको लागि कलम चलाएको भन्दै आगामि दिनमा विवादित भए पनि यस्ता विषयमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरिन् ।

‘चार वर्ष म मृत्युसँग कसरी लडे, हरेक सेकेण्ड, हरेक मिनेट त्यो मृत्युसँग युद्ध चलिरहेको थियो । दुःख पाउनु, संघर्ष गर्नु सामान्य रहेछ । बाटोमा काँडाँ छ भने पन्छ्याएर अगाडि बढ्नुपर्छ । खाल्डो छ भने पुर्दै अगाडि बढ्नुपर्छ जिन्दगीमा यो विचार आएको थियो मलाई । म विवादित भए पनि हुन्छु, भन्नेले जे सुकै भन्छन् कलम चै चलाउछु, छोरीहरुको लागि,’ उनले भनिन् ।

कार्यक्रममा आख्यानकार एवं लेखन पुस्कर लोहनीले पनि आफ्ना विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *