🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हामी गरिब दुःखीलाई बालेन सरकारले उठिबास लगायो !

काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा २०८३ वैशाख १८ गते शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो।

स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुकुमबासीले स्वेच्छाले आफ्नो बस्ती हटाउन थालेका छन्। तर, उनीहरूमा असन्तुष्टि र अन्योल भने कायमै देखिएको छ। सुकुमबासी बस्तीका स्थानीय श्यामबहादुर सुनारले सरकारले उचित विकल्प नदिई हटाउन खोजेको गुनासो गरे।

उनले भने, ‘हामीलाई उठेर जाऊ भनेर स्पष्ट भनिएको पनि थिएन। कहिले अन्त सार्दिन्छौं भनेर आशा मात्र देखाइयो। अहिले अचानक उठ्नुपर्दा निकै समस्या भयो। हामी गरिब दुःखीले जसोतसो बस्दै आएका थियौं, अहिलेको सरकारले उठिबास लगाउने भयो।’

त्यस्तै अर्का स्थानीय राजकुमार पुरी भावुक हुँदै काम गरेर गुजारा चलाउँने सर्वसाधरणको गुजारा चलाउँने विकल्प खोज्नुपर्ने बताए । उनले भने, ‘सबै सामान यही चौरमा ल्याएर राखेको छु। नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र सबै यही ठेगानाको छ। मेरो कोही पनि छैन, सबै यहीँ बितिसके। म वाइलिङको काम गरेर गुजारा चलाउँछु-काम भए खान पाइन्छ, नभए त्यो पनि छैन। म हुकुमबासी होइन, सुकुमबासी हुँ। सानैदेखि यहीँ बस्दै आएको छु।’

उनीहरुको अनुसार बस्ती हटाउने कार्यले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ भने पुनर्वासको विषय अझै अनिश्चित देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *