🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘हाम्रो ध्येय थियो उद्योग चलोस, रोजगारी बढोस,श्रमिक सुरक्षित होउन, नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस’

'जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज ' : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका हुन् ।

नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गरेका छन् ।
‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले भनेका छन् ‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबिचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ ।’

अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीह्रुको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिक बिच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन् ।
‘हाम्रो ध्येय थियो उद्योग चलोस, रोजगारी बढोस,श्रमिक सुरक्षित होउन, नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि विचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *