🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री !

काठमाडौँ, १८ वैशाखः प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीका अवसरमा विश्वशान्ति, अहिंसा र ज्ञानमार्गको सन्देश आत्मसात् गर्न सबैमा आह्वान गर्नुभएको छ। आज २०८३ वैशाख १८ गते  बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भगवान् बुद्धले देखाउनुभएको मार्ग दुःख निवारण, ज्ञान र उज्यालोको मार्ग भएको उल्लेख गर्नुभयो।

“दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ,” बुद्धको उपदेश उद्धृत गर्दै प्रधानमन्त्री शाहले मानव जीवनको समस्या समाधान ज्ञान, विवेक र आत्मबोधबाट सम्भव हुने बताउनुभएको छ।

उहाँले अँध्यारो उज्यालोको अभाव मात्र भएको उल्लेख गर्दै ज्ञानको किरण उदाउँदा अज्ञानता र पीडा स्वतः हट्दै जाने विचार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले समाजको यात्रा ज्ञानको उज्यालोतर्फ, समस्या समाधानको मार्गतर्फ र शान्तिपूर्ण सहअस्तित्वतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।

बुद्धलाई शान्तिका सर्वकालीन महान् प्रवर्तकका रूपमा स्मरण गर्दै उहाँले बुद्ध जन्मिएको नेपाल भूमि अहिंसा, करुणा र शान्तिको पक्षमा सधैँ उभिएको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले बुद्ध जयन्तीका अवसरमा “साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो” भन्दै ज्ञानलाई परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले सन्देशको अन्त्यमा “अप्प दीपो भवः” अर्थात् आफैँ आफ्नो प्रकाश बन्नुहोस् भन्ने बुद्ध वचन स्मरण गर्दै सबैमा प्रज्ञामय शुभकामना व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *