🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष

वाशिङगटन, १७ वैशाख (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी जारी रहने बताउनुभएको छ ।

हर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा हर्मुजमा आक्रमण गरेरै भएपनि जहाजलाई वारपार गराउने बताएको थियो । नाकावन्दी लगाएर आफूलाई झुकाउने अमेरिकी प्रशासनको नीतिविरूद्ध चट्टानी अडान राख्दै इरानले हर्मुज घाँटीमा सिमित जहाजको आवागमनलाई मात्र अनुमति दिएपछि तनावले थप उचाइ लिने देखिएको छ ।

ट्रम्प निकट एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभएको छ, “इरानलाई प्रमुख जलमार्गमा उसको प्रभाव वा नियन्त्रण अन्त्य गर्न बाध्य पार्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पले विभिन्न कूटनीतिक र नीतिगत विकल्पहरू अघि सार्नुहुनेभएको छ। ”

ती अधिकारीले भने, “योजना अन्तर्गत अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी जारी राख्नेछ र राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानमाथि दबाब बढाउने प्रयास गर्नुहुनेछ, यसले इरानी इन्धनको स्वतन्त्र प्रवाहलाई अवरोध गर्ने प्रयासको मूल्य चुकाउन सकिने विश्वास राष्ट्रपति ट्रम्पको रहेको छ।” –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *