🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोल्पा जिप दुर्घटना अपडेट : थप दुई जनाको मृ त्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ, १७ वैशाख । रोल्पामा आज भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उहाँले बताउनुभयो । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन् । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *