🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको स्वास्थ्य शिविर

 १४० बढी स्थानीयलाई सेवा, विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकहरूले स्थानीय समुदायलाई लक्षित गर्दै स्वास्थ्य सेवा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेका छन् ।

यूएन मिसन इन साउथ सुडान (यूएनएमआईएसएस) अन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूले दक्षिण सुडानको टोंजस्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र र प्राथमिक विद्यालयमा स्वास्थ्य सचेतना तथा सहयोग कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममार्फत १४० भन्दा बढी स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । उनीहरूको सामान्य स्वास्थ्य परीक्षण, घाउचोटको उपचार, रक्तचाप परीक्षणलगायत सेवा उपलब्ध गराइएको जनाइएको छ ।

त्यसैगरी, नेपाली शान्ति सैनिकहरूले ९८ भन्दा बढी विद्यार्थीलाई खेलकुद सामग्री तथा आवश्यक स्टेशनरी सामग्रीसमेत वितरण गरेका छन् । विद्यालयमा विद्यार्थीको उपस्थितिमा वृद्धि, शैक्षिक उपलब्धि सुधार र समुदायबीच आपसी सद्भाव बढाउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

स्थानीय समुदायको स्वास्थ्य अवस्था सुधारसँगै बालबालिकालाई पढाइप्रति आकर्षित गराउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएको बताइएको छ । दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरूले शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारीसँगै मानवीय सेवा, स्वास्थ्य सहयोग र समुदायमैत्री गतिविधि निरन्तर सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *