🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टिङ्कर सडकमा नेपाली सेनाको चासो : दुम्लिङसम्म छिटो गाडी पुर्‍याउन जर्नेलकाे निर्देशन

कञ्चनपुर । नेपाली सेनाको नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, कञ्चनपुरका बाहिनीपति सहायक रथी बिजितराज रेग्मीले दार्चुलास्थित कोठेधार–टिङ्कर सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

सहायक रथी रेग्मीले कोठेधार–टिङ्कर सडक आयोजनाका आयोजना प्रमुख प्रमुख सेनानी राजेश कटवालसहित निर्माणाधीन राङ्थल–फुल्चिमधार सडक खण्डको निरीक्षण गर्दै आयोजनाको वर्तमान अवस्था, निर्माण प्रगति, भौगोलिक कठिनाइ र आगामी कार्ययोजनाबारे जानकारी लिएको बताइएको छ।

निरीक्षणका क्रममा उनले टिङ्कर सडकलाई दार्चुलाको रणनीतिक, भौगोलिक र जनजीवनसँग जोडिएको महत्वपूर्ण आयोजना भएको उल्लेख गर्दै निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिएका छन्। विशेषगरी दुम्लिङसम्म सकेसम्म छिटो गाडी तथा ट्र्याक्टर पुर्‍याउने गरी काम अघि बढाउन उनले आयोजना नेतृत्वलाई निर्देशन दिएको स्रोतको भनाइ छ।

दार्चुलाको विकट उत्तरी भूभागलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले अघि बढाइएको कोठेधार–टिङ्कर सडक आयोजना भौगोलिक दृष्टिले चुनौतीपूर्ण मानिन्छ। चट्टानी भीर, कठिन पहाडी भू–बनोट, मौसमी प्रतिकूलता र सामग्री ढुवानीको समस्याका कारण निर्माण कार्यमा अपेक्षित गति लिन चुनौती देखिँदै आएको छ। यिनै चुनौतीका बीच नेपाली सेनाले सडक निर्माण कार्यलाई निरन्तरता दिँदै आएको छ।

सहायक रथी रेग्मीले सडक निर्माण केवल भौतिक पूर्वाधारको विषय मात्र नभई सीमावर्ती क्षेत्रका जनताको जीवनस्तर, स्थानीय आवतजावत, सुरक्षा संवेदनशीलता, आपूर्ति व्यवस्थापन र भविष्यको पर्यटन सम्भावनासँग प्रत्यक्ष जोडिएको बताए। उनले आयोजनामा खटिएका सैनिक जनशक्ति, प्राविधिक टोली तथा उपकरण परिचालनलाई प्रभावकारी बनाउँदै काममा देखिएका अवरोध तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

आयोजना प्रमुख प्रमुख सेनानी राजेश कटवालले निर्माणाधीन सडक खण्डको हालसम्मको अवस्था, कार्यगत कठिनाइ, आवश्यक स्रोतसाधन, मौसमका कारण देखिने समस्या र आगामी लक्ष्यबारे बाहिनीपतिलाई जानकारी गराएका थिए। उनले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सडकलाई दुम्लिङतर्फ अघि बढाउने गरी कार्ययोजना बनाइएको जानकारी गराएको बताइएको छ।

राङ्थल–फुल्चिमधार सडक खण्ड दार्चुलाको दुर्गम भूभाग जोड्ने महत्वपूर्ण हिस्सा मानिन्छ। यस खण्डमा निर्माण कार्य अघि बढेसँगै स्थानीय बासिन्दालाई आवतजावत, निर्माण सामग्री ढुवानी, खाद्यान्न आपूर्ति तथा आकस्मिक स्वास्थ्य सेवामा सहजता आउने अपेक्षा गरिएको छ। सडक दुम्लिङसम्म पुग्न सके उत्तरी दार्चुलाका बासिन्दाले लामो समयदेखि भोग्दै आएको यातायात कठिनाइ केही हदसम्म कम हुने विश्वास गरिएको छ।

कोठेधार–टिङ्कर सडक नेपाल–भारत–चीन सीमावर्ती क्षेत्रसँग जोडिने भएकाले यसलाई रणनीतिक दृष्टिले पनि महत्त्वका साथ हेरिएको छ। सडक विस्तारले स्थानीय आर्थिक गतिविधि, सीमावर्ती सुरक्षा उपस्थिति र भविष्यमा धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाली सेनाले दुर्गम र जोखिमपूर्ण भूगोलमा सडक निर्माणको जिम्मेवारी सम्हाल्दै आएको छ। टिङ्कर सडक आयोजनामा पनि सेनाले कठिन परिस्थितिका बाबजुद निर्माण कार्यलाई निरन्तरता दिएको छ। बाहिनीपति स्तरबाट गरिएको स्थलगत निरीक्षणपछि आयोजनामा थप गति आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *