🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा ‘वर्ल्ड अफ डान्स’ २०२६ सिजन सुरु, नेपाली प्रतिभा विश्व मञ्चसँग जोडिने

काठमाडौँ, १५ वैशाख २०८३ । अमेरिकाबाट सुरु भएको विश्वव्यापी मनोरञ्जन मञ्च ‘वर्ल्ड अफ डान्स’ ले नेपालमा आफ्नो २०२६ सिजन औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपाली नृत्य प्रतिभाहरू विश्वका अग्रणी सिर्जनात्मक ब्रान्डमध्ये एकसँग जोडिने भएका छन् ।


काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर सहभागी भएका थिए । उनले सिर्जनात्मक उद्योगको प्रवर्द्धन, आर्थिक अवसर विस्तार तथा नेपाल–अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको बताए ।

अमेरिकी दूतावास, नेपालका अनुसार नेपाली कलाकारहरूलाई अमेरिकामा आधारित विश्वव्यापी नेटवर्कसँग जोड्दै वर्ल्ड अफ डान्स नेपाल ले नेपालको मनोरञ्जन क्षेत्रको विकासमा सहयोग पुर्‍याउनेछ । साथै यसले नेपाली कलाकार र अमेरिकी सिर्जनात्मक तथा मिडिया उद्योगबीच सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रूपमा लोकप्रिय रहेको वर्ल्ड अफ डान्स मञ्चमार्फत नेपाली नृत्यकर्मीहरूले आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने अवसर पाउने भएका छन् ।

(तस्बिर : युएस एम्बेसी, नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *