काठमाडौं, १५ वैशाख । कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई २०८३ वैशाख १४ गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।




