🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

१२ करोडको नगर अस्पताल तीन वर्ष म्याद थप्दा पनि अस्पताल अधुरै !

बलेवा, १५ वैशाख । बागलुङ नगरपालिकाले गौरवको आयोजनाका रूपमा अघि सारेको नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको हो ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असारमा ठेक्का सम्झौता भएको भवन २०८० असार २० गतेभित्र सकिनुपर्ने थियो । तर पटक–पटक म्याद थपिँदा पनि हालसम्म करिब ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अझै ४५ प्रतिशत काम बाँकी छ ।

निर्माण कम्पनीले दोस्रोपटक थपिएको म्याद गत असारमै गुजारिसकेको छ । तेस्रोपटक थपिएको म्याद आगामी असारसम्म कायम छ । तर कामको गति हेर्दा सो अवधिभित्र पनि भवन तयार हुनेमा स्थानीयवासी ढुक्क हुन सकेका छैनन् ।

बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीका अनुसार दुई वर्षअघि नै करिब ५० प्रतिशत काम सकिएको थियो । तर त्यसयता २४ महिनामा पाँच प्रतिशत मात्रै काम अघि बढेको छ । “म्याद थप्ने बेलामा केही कामदार ल्याएर काम गरेजस्तो गर्ने प्रवृत्तिले लक्ष्यअनुसार काम हुन सकेन,” घर्तीले भन्नुभयो ।

बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले अस्पतालजस्तो संवेदनशील संरचनामा निर्माण कम्पनीले गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउनुभयो । “घरछेवैमा विशिष्टीकृत स्वास्थ्य सेवा पाउने जनताको आशा निराशामा परिणत हुँदै गएको छ,” उहाँले भन्नुभयो, “ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाएका छन् ।”

सङ्घीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पताल भवन निर्माण थालेको हो । भवन समयमै सम्पन्न भए पैयुँपाटा, नारायणस्थान, अमलाचौर, भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले रु १२ करोड ८७ लाख लागतमा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । लेखा अधिकृत प्रेमप्रसाद शर्माका अनुसार निर्माण कम्पनीले हालसम्म रु चार करोड ५३ लाख भुक्तानी पाइसकेको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भवन निर्माण सम्पन्न भएपछि एक एमजिडिपी डाक्टर, तीन मेडिकल अफिसर, चार स्टाफ नर्स, चार हेल्थ असिस्टेन्टसहित करिब ३० जना स्वास्थ्यकर्मीबाट सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । तर भवन निर्माण पूरा नहुँदा स्वीकृत दरबन्दीअनुसार स्वास्थ्यकर्मी माग गर्न नसकिएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीका प्रमुख नरेश ओझाले भने पहिलो चरणमा बजेट अभावका कारण कामले गति लिन नसकेको दाबी गर्नुभयो । उहाँका अनुसार नगरपालिकाबाट बजेट भुक्तानी भए पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिन्छ ।

तर नगर उपप्रमुख राजु खड्काले निर्माण कम्पनीले काम नगरेकै कारण भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षकै बजेटबाट भुक्तानी दिने तयारी भए पनि ठेकेदार पक्षले काममा चासो नदेखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *