🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंमा सिक्री लुट्ने गिरोह समातियो, सचिन, विमल, सतिस, सुजन र रितिका प क्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि क्षेत्रमा महिलाको घाँटीबाट सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न मितिमा मोटरसाइकल प्रयोग गरी सिक्री लुटपाटमा संलग्न पाँच जनालाई सुनजस्तो देखिने पहेँलो धातु र लुटपाटमा प्रयोग भएका सामानसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ फनपार्क क्षेत्रमा बाटोमा हिँडिरहेकी २९ वर्षीया महिलाको घाँटीबाट साढे एक तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका दुई जनाले लुटेका थिए । त्यसैगरी चन्द्रागिरि नगरपालिका–१३ नैकाप मितेरी चोक क्षेत्रमा ७० वर्षीया महिलाले लगाएको डेढ तोला बराबरको सुनको सिक्री पनि उस्तै शैलीमा लुटिएको थियो ।

त्यस्तै, चन्द्रागिरि नगरपालिका–७ घुमाउने क्षेत्रमा बाटोमा हिँडिरहेकी महिलाको घाँटीबाट अन्दाजी डेढ तोला बराबरको सुनको सिक्री लुटिएको घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ ।

लगातार सिक्री स्न्याचिङका घटना बढेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा लुटपाटमा संलग्न भएको आरोपमा पाँच जनालाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ मुड्खु क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी नगरपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने १९ वर्षीय सचिन तामाङ, सोही ठाउँ बस्ने २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिका घर भई काठमाडौं बालाजु बस्ने ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बु घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–४ थानकोट बस्ने १९ वर्षीया रितिका माझी रहेका छन् ।

प्रहरीले उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातु १२.९० ग्राम, पुलो रेन्च एक थान, सानो रेन्च आठ थान, खुकुरी एक थान, पेचकस एक थान, हेलेन की दुई थान, Honor कम्पनीको मोबाइल एक थान र विभिन्न कपडाहरू बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *