🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हर्मुज खुलाउन इरान तयार, अमेरिकाको शर्तले वार्ता अड्कियो

कायरो, १४ वैशाख (रासस/एपी) : हर्मुज जलघाँटीमा बढ्दो तनाव कम गर्न इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव गरेको छ । तर, त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनुपर्ने शर्त राखेपछि वार्ता जटिल बनेको छ ।

इरानले आणविक कार्यक्रमलाई अलग राखेर जलमार्ग खुलाउने प्रस्ताव अघि सारे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य नभएसम्म दीर्घकालीन समाधान सम्भव नहुने अडान दोहोर्‍याउनुभएको छ । उहाँले इरानसँग वार्ता गर्न तयार रहेको बताए पनि प्रत्यक्ष सम्पर्कको आवश्यकता औंल्याउनुभएको छ ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघची रुसको सेन्ट पिटर्सबर्ग पुगेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग परामर्श गर्ने तयारीमा हुनुहुन्छ । उहाँले ओमान, पाकिस्तानलगायत क्षेत्रीय देशहरूसँग पनि कूटनीतिक संवाद अघि बढाइरहनुभएको छ । पाकिस्तानले इरान–अमेरिका वार्ता गराउने प्रयास गरे पनि अमेरिकी पक्षले प्रत्यक्ष भेटभन्दा टेलिफोन संवादलाई प्राथमिकता दिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

हर्मुज जलघाँटी विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग हो । विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही बाटो हुँदै आपूर्ति हुने भएकाले अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ट्याङ्करहरू पर्सियन खाडीमै रोकिँदा तेलसँगै ग्यास, मल र अन्य सामग्रीको आपूर्ति शृङ्खलामा पनि दबाब परेको छ ।

इरानले अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’ भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ भने ट्रम्पले जलमार्गमा खतरनाक गतिविधि गर्नेलाई तत्काल कारबाही गर्न आदेश दिएको बताउनुभएको छ । दुवै पक्षबीच कूटनीतिक संवादको सम्भावना कायमै रहे पनि आणविक कार्यक्रम, नाकाबन्दी र जलमार्ग सुरक्षाका विषयमा अडान यथावत् रहेकाले सहमति अझै टाढा देखिएको छ ।

युद्धविराम औपचारिक रूपमा कायम रहे पनि स्थायी समाधान ननिस्किँदा हर्मुज संकटले विश्व ऊर्जा बजार, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिमा गम्भीर अनिश्चितता थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *