🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका र कालिकोटको सीमा नामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटनामा परि बेपत्ता भएका बाजुराको जगन्नाथ गाउँपालिका ६ रावल बाडा बस्ने अन्दाजी १८ वर्षका महेश रावल मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका बाजुराका अनुसार, कालिकोट नरहरिनाथ गाउँपालिका २ बस्ने अन्दाजी २५ वर्षका केशव विष्टले चलाएको प्रदेश ३ ०१ ००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २ सय मिटर तल पल्टिएको थियो ।

लौखु जिरो पोईन्ट–कोल्टी भित्र सडक खन्ने क्रममा निस्केको माटो कर्णाली करिडोरमा थुप्रिन गई सोही माटोको कारण कर्णाली करिडोर अवरुद्ध भएकोमा नयाँ निर्माण सडकबाट स्काभेटर सफा गर्न जाने क्रममा दुर्घटनामा परेको हो ।

डोजरमा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सकुशल रहेकामा रावल बेपत्ता थिए। उनको खोजी कार्य गर्दा स्काभेटर भएको ठाउँबाट अन्दाजी तीन सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।

अपरेटर (चालक) लाई अस्थायी प्रहरी पोष्ट साजघाँट कालिकोटबाट नियन्त्रणमा लिइएको छ। मृतक रावलको शव पोष्टमार्टमको लागी कोल्टी आधारभूत अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडकमा जम्मा भएको माटो सफा गरी सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *