ओखलढुङ्गा, ८ असार (रासस) : ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् ।

गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन् ।
| ओखलढुङ्गामा पहिरोले घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता |
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ ।
ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
(तस्बिर : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ विलन्दुमा बिहीबार राति गएको पहिरोले पु¥याएको क्षति । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी बेपत्ता भएका एक जनाको सुरक्षाकर्मीलगायत स्थानीयवासीद्वारा खोजी भइरहेको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस)
–––



