🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हाइड्रोपावरको बाँध भत्कियो, सयौँ बेपत्ता

बैंकक, ८ साउन : दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् । घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन् । सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ ।