🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उनाईस लाख भन्दा बढीका मोबाईल तथा घडीहरू सहित मानिस पक्राउ

काठमाडाैं । विभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइ अनाधिकृतरूपमा भन्डारण गरेको विशेष सूचनाको आधारमा मिति २०८०।०३।०२ गते जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको टोलीले खोज तलास गर्दै जाने क्रममा १२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ वदननगर बस्ने मनोज साहको घरमा कोठा भाडामा लिइ भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने वर्ष ३३ को मनोज कुमारलाई सामान सहित पक्राउ गरिएकाे छ ।

 मनोज कुमारकाे कोठा कानूनी रीतपुर्‍याई प्रहरीले  खानतलासी गर्दा उक्त कोठाबाट Apple मोबाईल थान-२,Redmi-थान-७,Oppo थान-९, Vivo-१० थान, One plus-२, Samsung-१३ थान, Realmi-२ थान, Techno-१० थान,Techno Pova-१ थान, Itel-१ थान, Techno Cammon-१ थान, Poco-१ थान गरी जम्मा-५९ थान मोबाईल र Titan घडी-११४ पिस, Sonata घडी-५ पिस, Hilfiger-१२ पिस,Fast Tack-५४ गरी जम्मा-१८५ पिस घडी बरामद भएकाे पर्सा प्रहरीले जानकारी दिएकाे छ ।

  बरामद उक्त सामानहरू जम्मा रू.१९,१४,०००।– (उनाईस लाख चौध हजार ) बराबरको घडी तथा मोबाईलहरू सहित निज मनोज कुमारलाई आवश्यक कारवाहीको लागि २०८० असार ३ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।