🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उच्चस्तरीय समिति गठन

सुर्खेत, ७ साउन : कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आइतबार यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको आर्थिक ममिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत रहेका छन् । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव समितिको पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् । 

यसैगरी समितिमा बाढीपीडितमध्येबाट एक जना सरोकारवालालाई पदेन सदस्य र सम्बन्धित गाउँ तथा नगरपालिकाका प्रमुखलाई आमन्त्रित सदस्यका रुपमा राखिने छ । 

बैठकपछि मन्त्री ज्वालाले भने, “अधिकार सम्पन्न समितिले आवश्यक कार्यविधि बनाएर अगाडि बढ्छ । २०७१ सालदेखि सुर्खेतका विभिन्न जंगल, सामुदायिक वन तथा खोला किनारामा बस्दै बाढीपीडितको स्थायी बासको व्यवस्थापन गर्छ ।” 

त्यस्तै बैठकले सार्वजनिक खरिद विधेयकलागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश मन्त्रिपरिषद्को लोगो निर्माण गर्ने निर्णय गरेको छ । रासस