🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युगाण्डाको विद्यालयमा आक्रमण २५ जनाको मृत्यु, ८ जना घाइते

कम्पाला ।  पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

युगान्डा प्रहरी बलका प्रवक्ता फ्रेड एनान्गाले ट्वीट गरेका छन् "एक छात्रावास जलाइयो र खाना पसल लुटियो। हालसम्म विद्यालयबाट २५ शव निकालेर बवेरा अस्पतालमा सारिएको छ।"
बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको अवस्था गम्भीर रहेको उनले सीएनएनले बताएको छ ।