🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौँ, ६ साउन  : विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ । 

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष  रहेका थिए  । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीकारुपमा समेत काम गरेका थिए  । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उनलाई निमोनिया रोग पनि देखिएको थियो ।

उनको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिइन्  । 

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका तीन छोरा छन्  । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ ।