ललपतपुर । मिति २०८० जेठ २१ गते राति जिल्ला ललितपुर लपु.म.न.पा.वडा नं.-२६ चिवहालमा प्रहरी बृत्त चापागाँउबाट नियमित चेकजाँचको लागि खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसेको सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचय-पत्र वाहक सवार ब्यक्तिहरु शंकास्पद लागेपछि चेकजाँच गर्दा तस्करीका सामान सहित पक्राउ परेका छन ।
निजहरुले चढेको पिकअपमा अस्वभाविक सामानहरु भेटिए पछि शंका लागि चेकजाँच गर्दा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत अन्दाजी मूल्य २०,७३,५९० (अक्षरीमा बिस लाख त्रिहत्तर हजार पाँच सय नब्बे) बराबरको अबैध सामान सहित पक्राउ परेका छन् ।
निजहरुको नाममा रहेको म्याद गुज्रिएको प्रेस पास थान-३, बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको ISUZU पिकअप गाडी सहित प्रहरीले रितपूर्बक बरामद गरी निम्न मानिसहरुलाई बरामदी दशी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभागकाे कार्यालय हरिहर भवन पुल्चोक पठाईएको जानकारी प्रहरीले दिएकाे छ ।
तस्करीमा संलग्न व्यक्तिहरुकाे परिचय
१) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१४ डुम्बरवाना बस्ने दुर्गा प्रसाद लामिछानेको छोरा बर्ष ३४ को दीपक प्रसाद लामिछाने (चालक)
२) भारत बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं.११ बस्ने राम ईकवाल प्रसाद चौरासियाको छोरा बर्ष २८ को सचिन कुमार चौरासिया (सोही पिकअपमा सवार)



