🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रासस पूर्वअध्यक्ष गोविन्द प्रधानको निधन

काठमाडौँ, १८ जेठ (रासस) : राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा उहाँको निधन भएको हो । मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका प्रधानले प्रजातन्त्र पुनःस्थापना भएपछि राससको अध्यक्ष एवं महाप्रवन्धकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

एक समय ‘नयाँ नेपाल दैनिक पत्रिका’को सम्पादकसमेत रहनु भएका प्रधानले अन्नपूर्ण पोष्ट दैनिकको प्रधानसम्पादकको रुपमा पनि भूमिका निर्वाह गर्नुभएको थियो । राससको स्थापनापछिका प्रारम्भिक दिनहरूमा उहाँ सम्पादक हुनुहुन्थ्यो । साथै, उहाँ गोरखापत्र संस्थानको महाप्रवन्धकको जिम्मेवारीमा पनि रहनुभएको थियो ।

काठमाडौँको किलागल निवासी प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँका दुई छोरी, एक छोरा र श्रीमति हुनुहुन्छ ।
–––