🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

त्यो सुन बनाउने औंलो…! 

 एउटा परिवार गणेश भगवानको ठूलो भक्त थियो । बुढाबुढीले वर्षौंदेखि हरेक मंगलबार आफ्ना इष्टदेव गणेशको ब्रत राख्थे र गणेश चतुर्थीमा विशेष पूजा लगाउँथे । उनीहरूको अटल भक्ति र आस्था देखेर एकदिन ऋद्धिसिद्धिका मालिक भुँडे गणेश साक्षात् दर्शन दिई उनीहरूको समृद्धिको कामना पूरा गर्न प्रकट भए ।

गणेशले आफ्नो चोर आंैलोले देखाएका मात्र के थिए उनीहरूको थालीसहितको पूजा सामाग्री सुनको बन्यो । तर, उनीहरू कत्ति पनि खुसी देखिएनन् । उनीहरूको मनोभाव बुझेर गणेशले फेरि आफ्नो चोर औंलोले नजिकैको गाग्रीलाई सुनको गाग्रीमा बदलिदिए । अझै पनि बुढाबुढी प्रसन्न देखिएनन् । अब गणेशजी आफै अचम्म परेर सोधे ‘‘मैले तिमीहरूलाई त्यत्रो सम्पत्ति दिई सकें अझै किन खुसी छैनौ ? आखिर के हो तिमीहरूको मनोकामना ?’’

बुढाबुढीले एकछिन कानेखुसी गरे र एकै श्वरमा भने ‘‘हे म’ल मूर्ति, हे बिघ्नहर्ता ! यो सुनले कति नै पुग्ला र ? हजुर हाम्रो भक्ति देखि प्रसन्न हुनुहुन्छ भने हजुरको त्यो सुन बनाउने आंैलो नै हामीलाई बक्स होस् ।’’