🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ए मान्छे ! अहंकार घमण्ड र शत्रुता केका लागि…. ?

श्वास र आशसँग जुध्छ मान्छे । चाहनाका अनेक पोका कस्दै खुसीको भरी झोला भएतिर लम्किन्छ मान्छे ।

खोइ कतिखेर उसको पाइला कहाँ ठेसिन्छ थाहै हुँदैन् । रक्ताम्य भएर ठेसिदा पनि मन भित्र दुखाइ लुकाएर अघि बढ्छ मान्छे ।

अनगिन्ती सपनी आँखा अगाडि देखिरहँदा दन्किएको चिता हेर्दै सोचिरहन्छ मान्छे ।

ओहो ! अबेला भयो। कतिखेर पुग्नु ? तर अरु जल्दै गर्दा जीवनका ओराली उकालीको यात्रा गर्दा गर्दै त्यहाँसम्म पुगेको सोच्दैन । उसले ताकि मेरो पनि भोलि यही दिन आउँनेछ । बस उसलाई अल्झाएको हुन्छ माया भन्ने शब्दले बुबा, आमा, छोरा छोरी अनेक क्षणिक नाताहरुले त्यहीँ नाताको रस्सीमा उ झुन्डिरहेको हुन्छ । जुन बेला त्यो रस्सी चुँडिन्छ । त्यो बेला आफूसँगै अनेक नाताहरूलाई चुँडाउने गर्छ । जीवनभर कमाएका सम्पूर्ण सम्पत्ति खोइ कहाँ पुग्छन् थाहा छैन । त्यही भिर पाखामा लुकामारी खेल्दै उकाली ओराली गर्दा हातका सहारा भनेका बाबियोको डोरी उसको लासको सहारा बन्छ ।

जुन दिन ऊ  सम्पन्नतामा बस्दा गरिब बसेको त्रिपालले बारेको बासो कटेजलाई ' छि' भन्छ , उसको जीवनको लिला सकिएपछि त्यही बाँसमा चढ्न बाध्य हुनुपर्छ । नचाहँदा नचाहँदै सारा धनदाैलत, परिवार छोड्नैपर्छ ।

हिजो गाउँवरिपरि डुल्ने अनि सन्चो बिसन्चो सोध्दै हिड्ने उसको बानी त्यही दिन समाप्त हुन्छ । थाहा हुँदैन अब खोइ को सञ्चो छ, अनि खोइ को बिसञ्चो, अब सकियो जति बाँचुनञ्जेल पीडामा उ रुन्थ्यो । अनि खुसीमा हास्ने गर्थ्यो उसको लासको छेउमा बसि कयौं पट्क आफ्न्त चिच्याइरहन्छन्,। छ्ट्पटी रहन्छ अहँ ! ऊ बोल्दै बोल्दैन, लम्पसार बूढो झै भएको मृतक शरीर कसले कता पल्टाउँछन् त्यतै लड्न पुग्छ ।

सुसाइरहेको कोशीसँगै उसको आत्माले मितेरी लगाइरहेको हुन्छ । अन्त्यमा पाखा पखेरामा हिजो उसैले रोपेका रुखका मुढाहरुले जल्न साहारा बन्छन् । जब लास आगोले दन्किन थाल्छन् । मडारिदै अनि उकुसमुकुस हुँदै धुवाँको मुस्लो निस्किन थाल्छ ।

आकाशतिर उड्दै गरेको धुवाँले बादल सँगै मिसिए अगाडिको दिनको खुसी कहिले उज्यालो नहुने गरि छेकिदिन्छ । त्यसैले अहंकार घमण्ड शत्रुता अब केका लागि आखिर सबैको अन्तिम गन्तव्य एउटै हुनेगर्छ ।