🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक अनुशासनबारे व्यवहारिक ज्ञान दिन काठमाडाैं महानगरद्वारा ट्राफिक क्लब गठन

 काठमाडौँ महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि  ट्राफिक क्लब गठन गरेको छ । कामपाले २०८० जेठ ६ गते  डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो ।

क्लब गठनपछिको प्रतिक्रियामा कामपाको प्रमुख बालेन्द्र साहले भन्नुभयो, “मैले प्रमुख पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिबद्धता पूरा गराउने कार्यक्रम सुरु गरेको हुँ ।” उहाँले नेपालमा नै पहिलोपटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरिएको दाबी गर्नुभयो ।  

क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेटलगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिकआवरमा बाटो काट्नका लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएको छ ।  अहिले एउटा विद्यालयमा मात्रै  क्लब गठन गरिएको भए पनि आगामी दिनमा कामपाको ८९ वटै सामुदायिक विद्यालयमा गठन गर्ने तयारी छ ।

क्लब गठन गरिएसँगै बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ठूलो सहयोग पुग्ने विश्वास कामपाको छ । क्लबमा १० जना सदस्य रहनेछन् ।

क्लबमा आबद्ध विद्यार्थीहरूको कामबारे जानकारी दिँदै प्रमुख साह भन्नुहुन्छ, “काठमाडौँका धेरै स्कुल व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्य बिहान खुल्ने र साँझ बिदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले चार–चार जनाको समूह बनाएर सडक पार गर्दा अपनाउनुपर्ने सावधानी सम्झाउँदै पैदलयात्रुका दायित्वका विषयमा विद्यार्थीलाई सम्झाउने छन् ।”

उहाँका अनुसार गठन गरिएको क्लबले जेब्रा क्रसको सङ्केत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले सङ्केत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’मा रोकिने, ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् ।

क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेटलगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिकआवरमा बाटो काट्नका लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएको छ ।  अहिले एउटा विद्यालयमा मात्रै  क्लब गठन गरिएको भए पनि आगामी दिनमा कामपाको ८९ वटै सामुदायिक विद्यालयमा गठन गर्ने तयारी छ ।
-रासस