🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रम्पका लागि पुटिन शुत्र हैन प्रतिस्पर्धी 

ब्रसेल्स, २८ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुन् ‘सत्रु’ होइन भनेका छन् । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । 

कसैले उनलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।”

“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनले भने, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।