🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेवा सुपरस्टार सिरपा विजेता घोषणा

काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए ।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए । प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए ।

प्रतियोगिताका लागि २०७७ सालमा प्रतिष्पर्धी छनोट भएका थिए । विजेताले विभिन्न पुरस्कार प्राप्त गरे । कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायकगायिकाले नेपाल भाषाका गीत गाएका थिए ।

नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो ।