🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो, ३६ करोड बुझाउँन बाँकी

उदयपुर १ जेठ । उदयपुर सिमेन्ट उद्योगको बत्ती काटिएको छ । बिद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतवारवाट बिद्युत काटिएको हो । बिद्युत काटिए पछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परको छ ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ । 

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतवारवाट बिजुली काटनु परेको जानकारी दिए ।

‘अहिलेसम्मको गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहदैँ आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं । तर, पूर्णरूपमा  बिद्युतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने ।