🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नाम र चुनाव चिन्ह परिबर्तनको तयारीमा राप्रपा नेपाल

काठमाडौं,  २७ बैशाख । राप्रपा नेपालले आगामी जेष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा बोलाएको छ ।

सचिवालयको बैठकले एजेन्डाहरु समेत तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरु भाष्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठन सम्बन्धी र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन पेश गर्नेछन् ।

कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरुले प्रदेशको प्रतिबेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ।

जनबर्गिय संगठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन् । सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने बिषय उठेको थियो ।

केन्द्रीय समिती बैठकमा यो बिषय पनि महत्वको साथ उठ्ने जनाईएको छ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र बिषयमा घनिभुत छलफल हुनेछ , पार्टीको नाम, चुनाब चिन्ह , सैद्धान्तिक बैचारिक पक्ष र भाबी रणनीतिका बिषयमा खुलेर छलफल हुनेछ ।

महामन्त्री बर्तौलाले भने – 'पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै बिषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ , निशेधको राजनीति हुदैन।'

पार्टीलाई बैकल्पिक शक्तिको रुपमा अगाडी बढाउने सन्दर्भमा सबै बिषयलाई पार्टीले गम्भीरतापुर्बक ग्रहण गर्छ – उनले भने । कार्यपत्र र प्रतिबेदनहरु बैठक अघि बस्ने कार्यसम्पादन समितीमा प्रस्तुत गरि पारित गर्ने तयारी भैरहेको सचिवालय प्रमुख एबं महामन्त्री भाष्कर भद्राले जानकारी दिए ।