🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टिप्परको ठक्करबाट नेपालगञ्जमा मोटरसाइकलमा सवार भारतीय नागरिकको मृत्यु

नेपालगञ्ज,२६ वैशाख : नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्तिमगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गरेका तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो ।

निमित्त प्रहरी प्रमुख घर्तिमगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुरयाएको र उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए ।

उनले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टपछि परिवारलाई बुझाइने बताए । टिप्पर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।