🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैशाखमा शिव, पशुपति जस्ता नेतालाई सम्झिंदै 

विगत २०७८ सालको वैशाख १९ गते शिव बहादुर खड्काको हृदयरोग  र २८ गते पशुपति चौलागाईको कोरोनाको कारण निधन भएकाले यस महिना उहाँहरुका शुभचिन्तक नेपाली जनता एवं राजनीतिज्ञहरुको लागि यसैपनि भावनात्मक रुपमा श्रद्धापूर्ण स्मरणीय हुन्छ । 

 विराटनगरको हाम्रो घरमा समेत पुग्नु भएको अत्यन्त विद्वान नेपाली काँग्रेसका नेता शिव बहादुर खड्का रामेछापका जिल्ला विकास समितिका सभापति हुनु हुनुहुन्थ्यो । उहाँको ससुराली पनि दुम्जा कै कोइराला भएकाले उहाँको श्रीमती दुर्गा खड्का, दिदी मिना खड्का र सासु समेत हाम्रो गौरीघाटको घरमा आईरहनु हुन्थयो । हामीहरु दुर्गा दिदी भन्थेऔँ । 

म रामेछापमा कार्यरत थिएँ । “जगदीश तिमीलाई आँप खान आज म सिकाउँछु” भनेर सिन्धुली गोलाञ्जोरको मध्य पहाडी पुष्पलाल लोक मार्गमा पर्ने ग्वालटारबाट रामेछाप मन्थलीको हाटमा बेच्न ल्याएको मालदह आपकाटेर चम्चाले गुदी निकालेर खान सिकाउनु भयो । अहिले पनि म आँप खाँदा त्यसैगरी नै खान्छु । 

२०५१ सालको मध्यावधि चुनावको प्रचार प्रसारको अन्तिम समयतिर “दाज्यू यसपाली चुनावमा पहिलेको जस्तो नतिजा त नहोला” भन्ने मेरो जिज्ञाशामा उहाँले“क्षेत्र नम्बर ०१ को कठजोरमा लक्ष्मण घिमिरेको चुनावी कार्यक्रममा विथोल्न खोज्ने, अर्को ०२ नम्बर क्षेत्रका उम्मेदबार पद्मशङ्कर अधिकारी जाँदा भने कठजोरवासीले भव्य स्वागत गर्ने, किशुनजी आएर काँग्रेसलाई जिताउनु समेत नभनेर सिर्फ यसपाली पद्मशङ्कर अधिकारीलाई जिताउनु पर्छ भन्नु भयो । 

No description available.
लक्ष्मण घिमिरेको विरुद्ध उठेका बागी युवराज भट्टलाई उम्मेदबारी फिर्ता लिन नलगाउनु तथा सर्वमान्य गणेशमानज्यूले काँगे्रसप्रति नै वितृष्णा राख्नु जस्ता कुराहरुले गर्दा काँग्रेस एक नम्बरको दल नहुने स्पष्ट नै छ नि” भनेर भन्नु भयो । एमालेका कैलाश ढुङ्गेल तथा देव शङ्कर पौडेल र जनमोर्चाका कमल चौलागाईले पनि आफूहरु विजयी हुने र काँग्रेसको स्थिति दोश्रो हुने ठोकुवा नै गर्नु भयो । 

मैले शिव बहादुर दाईको नाम नराखेर पद्मशङ्करसँग कुरा राखें उहाँले “गिरिजा बाबुले काँग्रेसलाई एक ढिक्का बनाएर लान नसकेको कारणले किशुनजी र गणेशमान सिंहमा वितृष्णा पलाएको हो”भन्नु हुँदा मैले हाम्रा आमाको कान्छो भाञ्दाजु तथा वीपीन कोइरालाका ससुरा पकरबासका त्रैलोक्य ढुङ्गेललाई  “सात साल पछिको काँग्रेसले लुटपाट गरेको गाई भैँसी काटेर खाएको घटनामा तपाईको नाम जोडिन्छ  न नि त, आमाले पनि त्यस घटनापछि ‘तेरो घरमा कांग्रेस पसोस् भन्न थालेका रे’ भन्नु हुन्थ्यो” भन्दा “कांग्रेससलाई बदनाम गराउन खुकुरी दलले वितण्डा गरेर उल्टै काँग्रेसविरुद्ध प्रचार गरेकाले अरुलाई  जस्तै दिदी(हाम्रो आमा)लाई समेत भ्रम रहेको र आफूले ठूलो अन्तरले विजयी हुने” भनेर भने आश्वस्त समेत हुनु हुनुुहुन्थ्यो । 

No description available.
पछि चुनावी नतिजामा लक्ष्मण घिमिरे १० मतले र पद्मशङ्कर फराकिलो अन्तरमा विजयी हुनु भयो । लौ † महालेखा नियन्त्रक कार्यालयले पठाएका ८० जना सवै सहलेखापालले लक्ष्मणलाई हराउन एमालेलाई र पद्मशङ्करलाई जिताउन काँग्रेसमा भोट हाले, त्यो बुझेर नै दोलखाबाट भीम बहादुर तामाङ्गले सवै महालेखाबाट पठाएका कर्मचारीलाई रामेछाप पुनः पठाउन लाउनु भएको भनेर समेत हल्ला चल्यो ।  

एमालेले साविकको हैसियतमा १९ सिट बढाएर ८८ सिट र काँग्रेसले २७ सिट घटाएर ८३ सिटमा खुम्चियो । र, ऐतिहासिक अझ लिच्छवि, वीपी, महेन्द्रपछिको स्वर्णिम भनेर समेत ठानिएको एमालेको ९ महिने सरकार सञ्चालन भयो । 

“हिँड तिमीलाई मेरा साथीहरुका भेट गराउन लान्छु ‘‘भनेर वीपीन कोइराला र शिवचन्द्र श्रेष्ठका लैजानु भयो । वीपीन कोइराला त नाता पर्ने भएकाले मैले उल्टै स्वर्गका अगिल्तिर ईन्द्रको बात भनेर हँसी मजाक गरेर टारेँ । तर, शिव चन्द्र श्रेष्ठले भने त्यो परिचयलाई मित्रतामा गाँस्नु भयो । उहाँले त्यौडको घरमा लगेर खाना समेत खुवाउनु भयो । स्वर्ण सचिवपछि महालेखा नियन्त्रक पनि हुनु भयो । रिटायर भएपछि पनि पछिसम्म मलाई फोन गर्नु हुन्थ्यो । तपाईका लेख पढी रहेको छु भन्नु हुन्थ्यो । 

पछि दुर्गा दिदीलाई छाडेर शिव बहादुर दाईले अर्को विवाह गर्नु भयो रे भनेको सुनेँ, यो दोश्रो विवाहले उहाँको राजनीतिक नैतिकतामा आँच पक्कै ल्याएको हुनुपर्छ । एउटा प्रधानमन्त्री हुने हैशियत भएको र नेकाको ठूलो विद्वान नेताले किन यसो गर्नुभयो भन्ने कुरामा म अझै स्तब्ध छु । 

राजनीतिक गफ शुरु हुन थालेपछि मैले पछाडि फर्केर परिचय माँगे । उहाँ पशुपति चौलागाई हुनुहुँदोेरहेछ । हामी दुवै विराटनगर एकै रात्री बसमा अगाडि पछाडिको सिटमा । मैले डिएफओ दाजु नवराज बरालको भाई भन्दै आनन्द पोखरेल, शिव भण्डारी, ईश्वर पोखरेल, तारा बहादुर कोइराला, ध्रुबराज पोखरेल, रामचन्द्र भण्डारीको नाम लिएपछि दोलखा जफेमालुका पोखरेलसँगको मेरो ससुराली नाता उहाँले नै तोकेर भनेपछि उहाँ राजनीतिक काममा हिँडेको र विराटनगरको एमाले नेता जीवन घिमिरेका बस्ने भन्दै गर्दा म पनि त उही तीन टोलियाका एकै शाही मार्गकै बासिन्दा (साविकमा जीवन घिमिरेको घर) हो भनेपछि  हाम्रो घरमा  रहेको वि.सं. २०३२ साल देखिको काठको बेञ्च(केही नेताहरुले भेटमा एतिहासिक भनेको हाम्रो बिराटनगरको घर र त्यो बेञ्चबारे अलग लेख्छु)मा नै बसेर बसेर चिया समेत पिएर जानु भएको थियो  । 

काठमाण्डौंको बत्तिस पुतलीमा भएको सशुराली घर उहाँको मतदाताको मात्रै हैन आफ्नै घर जस्तो थियो । उहाँ एकपटक हामीलाई भेटन् हामी बस्ने गरेको बालकोट–०३ ब्रम्हनगर नयाँ बस्ती गौरी शङ्गरमार्ग परिसरमा समेत आउनु भएको थियो । कुरामा उहाँले आफ्नो पार्टीलाई एक ढिक्का बनाएर लान जरुरी एवं युवासङ्घमा सुधार समेत जरुरी भएको प्रसङ्ग उठाउनु भयो । उहाँको मृत्यु भएको खवर रातोपाटीमा पढेर हाम्रो परिवार स्तब्ध भएको थियो । उहाँ सम्बद्ध पार्टी एकजुट होस् भन्ने उहाँको चाहना पूरा भएन । उहाँको निधनपछि  पार्टी फुट्यो । स्व. चौलागाँईकी धर्मपत्नी सुनिता चौलागाईले अनेक कठिनाईको बावजुद एक साहसी तथा संघर्षशील महिलाको परिचय दिनु भएको छ । 

No description available.

वीपी, गणेशमान, किशुनजीका अति प्रिय कुल चन्द्र कोइराला नेपाली काँग्रेसका एक एमान्दार र सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो ।  डा.सुरेशराज शर्माको माओली घरका उहाँ कुल चन्द्र सहित कान्छा पण्डित भनेर चिनिने यज्ञ प्रसाद र माइला पण्डितको रुपमा परिचित कृष्ण प्रसाद कोइरालाहरु हाम्रो परिवारिक वृत्तमा भान्दाजु नाता पर्नुहुनुन्थ्यो । उहाँ कुलचन्द्र १७ सालको कदम पछि सिन्धुली  गोलाञ्जोर–०६, घोकशिलास्थित हाम्रै पहाडको घरमा केही समय लुकेर समेत बस्नु भएको थियो । 

No description available.
 

काठमाण्डौं वडा नम्बर ०१ का वडाध्यक्ष समेत हुनु भएका स्व.जीवन चन्द्र कोइराला र उद्मी सुनिल कोइराला स्व.कुलचन्द्र कोइरालाका छोराहरु हुन् । “जगदीश तिमीलाई किशुनजी यहाँ आएको बेलामा नभए उही लगेर भएपनि किशुनजीसँग भेट गराउँछु” भनेर उहाँले मलाई भन्नु भएपनि त्यो,पुरा हुन नसकी उहँलाई मात्र हैन भतिज जीवन चन्द्रलाई समेत दैवले चुडेर लग्यो ।
 आफन्त र शुभचिन्तकहरुको यसरी धमाधम निधन हुँदा त्यसबेला निदाउन सकिएन । कोराना महामारीको कारण त्यसबेला विश्वमा र नेपालमा पनि होनाहार युवा, प्रतिभा, नेता, कर्मचारी किसान मजदुर लगायत थुप्र्रै जनको क्षतिबाट भएको पीडा हामी नेपालीले सदा स्मरण गर्दै उहाँ शहीदहरु सवै प्रति सादर श्रद्धासुमन अर्पण व्यक्त गर्दछौं † उहाँहरु सवैलाई सम्झदा मरिसकेको लोकतन्त्रप्रति केही आशाहरु पलाउँछन् । 

(स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्व महानिर्देशक समेत हुनुहुन्छ) । (छविचित्र श्रेय : लेखक सहित सामुहिक शिव बहादुरको लेखक स्वयंबाट र पशुपति चौलागाई एवं कूल चन्द्र कोइराला सहितको सामाजिक सञ्जाल फेशबुकबाट तथा शिव बहादुरको एकल नेपाल हेड लाइनरबाट बि.सं. २०७८,२०८० महिना बैशाख मार्फत गुगल इन्टरनेट ) ।