🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठूला दलका लागि बज्यो मृत्यूको घण्टी !

 

काठमाडौं । उपनिर्वाचनको मतपरिणाम ठूला दल काँग्रेस र एमालेका लागि अनपेक्षित बनेको छ । तनहुँ–१, चितवन– २ र बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले काँग्रेस र एमालेलाई ठूलै धक्का दिएको छ । उपनिर्वाचन परिणामले यथास्थिति र परम्परागत पारामा परिवर्तन खोजेको संकेत दिएको छ । र, आम निर्वाचनको मुखमा खुलेको नयाँ पार्टीले जित निकाल्दै भोलिका लागि चुनौती खडा गरेको छ । 

यी तीनवटै निर्वाचन क्षेत्र काँग्रेस र एमाले दुबैका लागि एक हिसाबले ऐतिहासिक वर्चस्व रहेका ठाउँ हुन् । मत प्रतिशतका हिसावले सबैभन्दा ठूलो क्षति त चितवनमा व्यहोर्नुपरेको स्थिति छ । झन त्यसैमा पनि सिंगो सत्ता गठबन्धनबाट दस दलीय साझा उम्मेदवार हुँदा पनि हार व्यहोर्नु भनेको काँग्रेसका लागि त झन् लज्जाको विषय हो । 

यस उपनिर्वाचनको परिणामलाई भावी राजनीतिमा युवा पुस्ताको खोजीका रुपमा बुझनु आवश्यक छ । अर्को राजनीति सत्तामुखी नभएर, परिवर्तनमुखी हुनुपर्छ भन्ने सन्देश पनि हो । नागरिकले अहिलेको रापताप र विरक्तिबाट मुक्ति खोजेका छन् । जीवनस्तरमा सुधार चाहेका छन् । अहिलकै लोकतान्त्रिक प्रणालीभित्र नयाँपनको आभाष चाहेका छन् । मतदाताले विगतमा सबै पार्टीका युवालाई उल्लेख्य संख्यामा जिताएर पठाउनुले पनि यही कुराको म्यासेज दिन्छ ।

 

यसकारण लोकतन्त्र प्राप्तिका लागि पञ्चायत र राजा ज्ञानेन्द्र शाहीकाविरुद्ध लडेका पुराना  ऐतिहासिक पार्टीले परम्परावादी चिन्तनमा बदलाब ल्याउनुपर्ने जरुरत छ । यथास्थिति भन्दा माथि उठ्न नसके निर्वाचनमा वितृष्णाभाव प्रस्फुटन हुने छ । यसकारण आफूलाई बदल्न तयार हुनुपर्ने छ । त्यसपछि समाधान सहितको विकल्प दिन सक्नुपर्छ । यसका लागि पहिले त्याग र उदार मनको खाँचो छ । होइन, नबदलिने हो भने मतदाताले मत बदल्ने छन् । सम्हालिएर अघि बढ्नका लागि उपनिर्वाचनलाई राम्रो शिक्षाका रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । उदात्त छातीका साथ बदलिन तयार हुनुपर्दछ । 

उपनिर्वाचनले परम्परावादी पार्टीलाई सम्हालिएर अघि बढ्न यसै पनि दबाब परेको छ । निर्वाचनमा उम्मेदवारका लागि टिकट दलले दिने भए पनि मत त नागरिकबाटै लिनुपर्छ । अबका आम मतदाताले कुनै खास पार्टी पार्टी वा नेतालाई नचिन्ने अवस्था आउँदै छ । उम्मेदवार मन परे मत दिन्छन्, अन्यथा दिँदैनन् । पार्टीबाट लादिएको जस्तो पनि उम्मेदवारले नागरिकको अब मन जित्न सक्दैन । विज्ञता र भिजनसहितको युवा आकर्षण चुनावी मैदानमा हुनुपर्छ । 

पार्टीभित्र भागबन्डा मिलाउने नाममा क्षमतावान् र आसलाग्दा व्यक्ति पाखा परेका आवाजहरु तलैसम्म उठेका छन् । यसैले पनि मतदाताले रास्वपाका उम्मेदरवारलाई विकल्पका रुपमा हेरे । तनहुँ र चितवनको कुरा मात्र होइन, ठूला शहर काठमाडौँ र ललितपुरले पनि यही अबस्थाको संकेत गर्दछ । अहिले रास्वपाको जित ठूला दलभित्रको सबैतिरको असन्तुष्टिको सारसंग्रह नै हो । यसैले ए्तिहासिक विरासत जोगाइराख्न बुढादेखि युवा नेतासम्म सुधारको मार्गमा जाने कि नजाने भन्ने हो । कार्यशैलीमा सुधार ल्याउन उपनिर्वाचन राम्रो अवसर पनि हो । 

यो उपनिर्वाचनलाई मतदाताको मौन विद्रोहका रुपमा बुझ्न कत्ति पनि ढिलाई गर्नुहुँदैन । अब राणा, पञ्चायत र राजा ज्ञानेन्द्रविरुद्ध लडेको, लोकतन्त्रका लागि जेलनेल र यातना भोगेको भन्ने कुराले मात्र नागरिकको मन जित्न सकिँदैन । उपनिर्वाचनसम्म आइपुग्दा यी कुनै पनि घटनाक्रमलाई नदेखेका र नभोगेका नयाँ पुस्ताको मतमा बाहुल्यता छ । तत्काल को कति योग्य र लोकप्रिय छ भन्ने कुराले अर्थ राख्दछ । इतिहास र संघर्ष देखाएर मात्र अब अस्तित्व धान्न संभव छैन । नयाँ पुस्ताले आफ्नो अनुहार उम्मेदवारमा खोज्दछ । 

क्षणिक रुपमा मन बुझाउन निर्वाचन प्राविधिक पक्ष हो, एउटाले जित्ने र अरू धेरैले हार्नु स्वभाविक प्रक्रिया भनिए पनि तनहुँ, चितवन र बाराको अवस्थाले दुई ठूल दललाई ठण्डा दिमाखले सोच्नुपर्ने बनाएको छ । काँग्रेस र एमालेबाट तीनवटै क्षेत्रका उम्मेदवारहरु तुलनात्मक रूपमा कमजोर नभए पनि किन यस्तो अबस्था आयो ? भएकामध्ये सबैभन्दा राम्रो विकल्प रहेको भनिएको हो । अझै तनहुँमा त काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र पनि सुरक्षित राख्न सकेन ।

 

एक्लैले जितिराखेको ठाउँमा सिंगो दस दलीय सत्ता गठवन्धन लाग्दा पनि हार भयो । अब जुनसुुनै पनि दलको कार्यसम्पादन र एजेण्डा भन्दा पनि उम्मेदवारको अनुहार महत्वपूर्ण हुनेवाला छ । सचेत मतदाता सुधारात्मक बाटोमा हिंड्न खोजेका छन् । फेरिएका मतदाताले सशक्त हस्तक्षेप गर्दैछन् । आइन्दा पुरानो पुस्ता मात्र होइन, युवा पुस्ता पनि सच्चिएर आउनैपर्दछ । मिठा भाषण र चकलेटी कुराले मात्र अब चल्दैन । विग्रेको कुरा जति सबै नेतृत्वको टाउकोमा थापरेर पनि युवा नेताले पार पाउँदैनन् । उपनिर्वाचनको सन्देशलाई घोत्लिएर अहिल्यै मनन् गर्न ढिलाई भएमा भोलि पछुतो मात्र हात लाग्ने निश्चित छ । 

रास्वपा वा अर्को कुनै दल वैकल्पिक शक्तिका रूपमा आउँदा सबै भन्दा क्षति ठूला दल भनिनेलाई नै हुने छ । २०८० वैशाख १० मा सम्पन्न उपनिर्वाचनमै देशभित्रै र बाहिरबाट पनि युवाहरूले बलियो हस्तक्षेप देखाएको तथ्यलाई हेक्का राख्नै पर्दछ । काँग्रेस र एमालेले स्वतन्त्र र अरु पार्टीका मतदाता आकर्षित गर्न असक्षम भएकै हुन् । जसको फाइदा रास्वपाले उठाएको छ । यसो हुँदा उपनिर्वाचनमा सन्तुलन कहाँनेर विग्रियो ? जनताले के चाहन्छन् ? के मागिरहेका छन् ? किन परिस्थितिमा बदलाब आइरहेको छ ? भनेर समयको चापलाई बुझ्न सकिएन भने मतदाताले भोलिका दिनमा झनै ठूलो सजाय दिने छन् । त्यसपछि अरुले विकल्प भएर ठाउँ लिने छन् । चेतना भया ।