🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गरिमा विकास बैंकद्वारा भुरुङ-तातोपानीमा एटीएम सेवा सञ्चालन

काठमाडाैं । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटीएम सेवाको सुचारु गरेको छ  ।

एक कार्यक्रमका बिच साे विकास बैंकका संचालक  दीपेन्द्र श्रेष्ठ  र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका थिए । साे अवसरमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द ढकालकाे समेत उपस्थिति रहेकाे थियाे । 

म्याग्दीकै पर्यटकीयस्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटीएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा बैंकले गरेकाे छ ।

यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बताएकाे छ ।