🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपेक्षित रूपमा राजस्व उठ्न नसक्नुमा को दोषी !

काठमाडौं । सरकारी कर्मचारीको लापर्वाही कारणले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको पाइएको छ । चालु आर्थिक वर्षमा भन्सार बिभागले ४ खर्ब ९० अर्ब रकम राजस्व उठाउने लक्ष्य लिएको थियो । तर ०७९ चैत मसान्तसम्म २ खर्व ८५ अर्ब रकम मात्र राजस्व संकलन हुन सकेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अब वैशाख, जेठ र असार तीन महिनाको अवधिमा लक्ष्य अनुसार राजस्व संकलन हन नसक्ने स्पष्ट भइसकेको छ ।

सरकारले महंगा र विलाशिताका सामानको आयातमा रोक लगाएका कारण आयात प्रभावित भएको कारण लक्ष्य अनुरुप राजस्व संकलन हुन नसकेको बिभागले बताउँदै आएको छ । तर नेपाली बजारबाट निर्यात भएर जाने गलैंचा, चिया जस्ता वस्तुको निकासीमा भएको कमि कारण पनि व्यापार घाटा बढिरहेको स्रोत बताउँछ । ०७९ चैत्र मसान्तसम्म १० खर्ब ८३ अर्व व्यापार घाटा रहेको भन्सार बिभाग स्रोतले जानकारी दिएको छ ।

आयातमुखी अर्थतन्त्र पनि कारण
नेपालको अर्थतन्त्र ७५ प्रतिशत आयातमा रहेको बताइन्छ । आयात घटेकै कारण सरकारले अपेक्षा गरे अनुसारको राजस्व संकलन गर्न नसकेको स्पष्ट रूपमा देखिएको छ । नेपालले हरेक सामान छिमेकी मलुक भारत र चीनबाट आयात गर्दै आएको छ ।

तर, सरकारले सवारी साधन, कस्मेटिकलगायत बस्तु आयातमा केही समय लगाएको प्रतिबन्धका कारण राजस्वमा निकै चाप परेको बताइन्छ । आयातीत सामानको भुक्तानी डलरमा गर्नुपर्छ । भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ यसै कमजोर रहेको छ । त्यसमा पनि नेपाली रुपैयाँ भारतीय नाका छेऊछाऊका बजारमा भन्दा पर चल्दैन । त्यसकारण पनि नेपाली मुद्राको अबमूल्यन अझ बढ्दै गएको बताइन्छ ।

नेपाली मुद्रा कमजोर पनि कारण
नेपाली नोट भनेको आफ्नो देशमा मात्र चल्ने नोट हो । अन्य देशमा नेपाली नोट ‘खोटो नोट’ बराबर भएको व्यवसायीहरू बताउँछन । हरेक कारोबारमा अमेरिकी डलर खर्चनुपर्ने बाध्यकारी नियमका कारण पनि मुलुकको संचिति रकम निरन्तर घटिरहेको छ । सरकारले झण्डै नौ महिनाको लागि आयात धान्नका लागि सरकारसँग बिदेशी मुद्रा संचिति रहेको दावी गरिरहेको छ । तर यो नै पर्याप्तता भने होइन जानकारस्रोतको भनाई रहेको छ ।

पाम आयलको कच्चा पदार्थ आयात किन घटयो ?
यसअघि पाम आयलको कच्चा पदार्थ तेश्रो मुलुकबाट नेपालमा भित्राएर प्रशोधन गरी छिमेकी भारतलगायतका मुलुकमा निर्यात गर्ने गरिएको थियो । छिमेकी मुलुक भारतको फेरिएको नीतिका कारण निकासीमा २६ प्रतिशतले असर पुगेको बताइएको छ । नेपालमा प्रशोधन हुँदा कच्चा मालवस्तु आयात र प्रशोधित वस्तु निर्यात हुँदा राज्यलाई राजस्व प्राप्त हुने गरेको थियो । अर्को तर्फ संचालित उद्योगले तिर्ने कर र कामदारले तिर्ने सामाजिक सुरक्षा कर पनि सरकारी चालु खातामा जम्मा हुँदा त्यसले राजस्वमा भरथेग गरेको भन्सार विभागका उच्च अधिकारीले बताएका छन् ।

यतिखेर छिमेकी मुलुक भारतले मलेशियालगायतका मुलुकबाट पाम आयलको कच्चा पदार्थ सिधै खरिद गर्न थालेको स्रोत बताउँछ । भारतको यो नीतिका कारण पनि नेपालबाट हुँदै आएको २५ प्रतिशत निकासी घट्न पुगेको बताइएको छ । निकासी घट्दा त्यसबाट प्राप्त हुने कर रकम त घट्यो नै कूल ग्रार्हस्थ उत्पादनमा त्यसको सिधा असर परेको भन्सार विभाग स्रोतले बताएको छ ।