🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कविता : जित्नेले त जिते…!

‘तेजस्वी सम्मान खोजते नहीँ गोत्र बतला के,
पाते हैँ जग में प्रशस्ति अपना करतब दिखला के ।
हीन मूल की ओर देख जग गलत कहे या ठीक,
वीर खीँच कर ही रहते हैँ इतिहासोँ मेँ लीक ।। “(– रामधारी सिंह “दिनकर“ । भारत ।) । 

न बम पड़काउनु पर्यो 
गुमेको साख फिर्ता हुन्छ कि भनेर 
लाज पचाउन चुनावको मुखमा दोष अरुमा थुपारेर 
न पुरानो सिडिओ नै सरुवा गर्नुपर्यो 
लंकामा आगो लगाएर भए पनि 
फेरि राज गर्न पो सक्छु कि भनेर 
दिवास्वप्न बोकेर 
चुनावको मुखमा 
न त ‘आफ्नै सिडिओ–प्रहरी’ नै रातारात पठाउनु पर्यो 
जित्नेले त जिते 
चाहे अन्तैका प्रभुको आशीर्वादले जितुन 
चाहे यतैका जनता प्रभुको आशीर्वादले जितुन
जित्नेले त जिते 
हारी सकेको लाजनीति हारेर के भो त !
ईमानहरु बेईमान हुन खोज्ने 

यही नेपाली शैलीको राजनीति होस् वा अहिलेको संसदीय व्यवहार 
विकृति र विसंगति बाहेक केही इतिहास बनाएनन्  
त्यो विकृति र विसंगति हारेर के भो त ? 
जित्नु पर्नेले नै जिते कि पहिलेकाले जिते इतिहास बोल्ने नै छ
असली हुन कि नक्कली इतिहासले खोतल्ने नै छ ! 
देशले जित्यो कि संसदले जित्यो स्वयं देश नै बोल्ने नै छ । 
हार्नेहरू पो वीर देशभक्त थिए कि ? 
विकृति र विसंगति सुन्नै न चाहने पो थिएकि ? 
प्रमाणित भा'को थ्यो ? र,
तर,जे होस अहिलेलाई चाहिँ पक्कै जित्नेले नै जिते !
जित्नेले बनाएका जनताको खुसीहरूले नै जिते !!!

(सूर्य विनायक–०३, भक्तपुर, १२ वैशाख २०८० । लेखक स्वतन्त्र लेखनमा संलग्न हुनुहुन्छ) । 
( बिम्ब, छवि चित्र श्रेय : गुगल इन्टरनेट)