🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सवारी दुर्घटनामा नवविवाहिता दम्पतीसहित तीन जनाको मृत्यु

महोत्तरी, ६ वैशाख । सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । प्रहरीका अनुसार अमृत र अन्जु श्रीमान श्रीमती हुन । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।

 
आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जंगलमा रहेको रेल्वे ट्रयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए । 

अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको बर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

 महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो ।