🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तनहुँबाट गोविन्द भट्टराई जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्‍याएको दाबी गरे ।

 
‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’ 

अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।