🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेयरज्यू ! हनीमून डे त सकियो, खै त ‘वाउ’ काठमाडौं ? 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुृन्दर शाक्यज्यू ! तपाई मासिक आठ लाख भाडा पर्ने जेडीए कम्प्लेक्सको सबैभन्दा माथिल्लो तल्लामा बस्नु भएको छ । तपाईको अगाडि पछाडि केही नयाँ तस्विरहरू पनि भर्खरै टाँ¨िएका छन् टिलिक्क टल्कने गरी । त्यही टल्किएको फोटोहरूसंग तपाई पनि मख्ख पर्नु भएको होला । ल भन्नुस् त मेयरज्यू † तपाईको वरिपरिको भित्तामा टाँ¨िएका तस्विर(चित्र)हरूको मूल्य कति परेको होला ? तपाईले भन्नु हुने छ सरकारी कार्यालय हो धेरै परे रु.५÷१० हजार । यो अनुमान पनि ठीकै भन्नु पर्छ । तर, तपाईले निकै नजिक बनाएर राख्नु भएको प्रशासन प्रमुखलाई बोलाएर सोध्नुस् त ? उनले यी तस्विरको मूल्यको बारेमा मुख खोल्न सक्ने छैनन् । अनि लेखा प्रमुखलाई बोलाएर सोध्नुस् त ? उनले भन्ने छन् मेयर साप त्यस फोटो
(चित्र)को एक थानको मूल्य करीब रु.६० हजारदेखि रु.७० हजार सम्म परेको छ । कुनै कुनैको त एक थानको एक लाख पनि तिरेको बिल होला †
मेयरज्यू † तपाईलाई जिताएर पठाएका तपाईकै स्थानीय जनताले तिरेको करको यति दुरुपयोग हुँदा पनि तपाई हाँसीहाँसी हिंड्नु भएको छ है ? मेयरज्यू तपाईले जिते पछि काठमाडौंका जनता खुशी भएका थिए, अहिले तपाईको लोसे कार्यशैली देखेर मतदाता खिन्न हुृँदैछन् । तपाई हनीमून डे त सकियो हैन ? एक सयदिन पूरा हुँदा महानगरवासीका लागि तपाईले महत्वपूर्ण काम के के गर्नु भो ? एक सयदिनमा काठमाडौलाई वाउ काठमाडौं भन्ने बनाउछु भन्नु भएको होइन ? महानगर सिंगार्न पट्टी नलागेर तपाई आफ्नो कार्यकक्ष सिंगार्नतिर ब्यस्त हुनुहुन्छ । तपाई बस्नु भएको कोठा सिंगार्न कति खर्च गरिएको छ के त्यत्तिका रकम खर्च हुन्छ ? तपाईले शपथ खाएकै दिनबाट भ्रष्टाचार शुरु भएको छ । नपत्याए तपाईका प्रिय पात्र ज्ञानेन्द्र कार्की, नवराज ढकालहरूलाई सोध्नुस् । तपाईको कार्यकक्षको सिंगारपटारका नाममा कति बजेट स्वाहा पारिएको छ ? पारदर्शी हुनुस् । महानगरवासीहरूका लागि थाहा चाहियो । एकसयएक दिनको स्वेत पत्र जारी गर्नुस् ।  
मेयरको शपथ ग्रहणका दिन टेलिभिजनबाट प्रत्यक्ष प्रशारणका नामका कति खर्च गरिएको थियो ? प्रत्यक्ष प्रशारण त कतै पनि भएको थिएन, खर्च कसरी भयो ? कोठा सिंगार्ने नाममा कति खर्च गरियो त्यो पनि सोध्नुस् अनि एउटा फोटोको एक लाख बराबर भुक्तानी किन दिइयो ? यदि होइन भने काठमाडौं महानगरपालिकाले गर्ने गरेको प्रत्येक महिनाको खर्च पारदर्शी ढंगले काठमाडौं महानगरबासीलाई बताईदिनुस् त्यसका लागि महानगरपालिकालाई कुनै आर्थिक भार पर्दैन । किन कि महानगरले आप्mनै लाखौलाख खर्चमा रेडियो र टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको छ ।