🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 अंग्रेजी भाषा बढ्न थालेपछि राज्य नै चिन्तित 

 अंग्रेजी विश्वव्यापी बोलचालको माध्यम बनेको छ । तर, अंग्रेजीकै कारण आफ्नो स्थानीय भाषा लुप्त हुँदै गएको कतिपय मुलुकले महसुस पनि गर्दै आएका छन् । खबरका अनुसार, अंग्रेजी भाषाको प्रयोग बढ्दै गएपछि इटालीमा अंग्रेजी भाषा प्रयोगमा न्यूनीकरण गर्नका लागि विचित्रको योजना बनाउन लागिएको छ । इटालीका नेताले आफ्नो देशका नागरिकसँग अंग्रेजी भाषाको प्रयोग कम गर्न र इटालियन भाषाको प्रयोग बढी गर्न आग्रह गरेका छन् । 

 इटालीको एउटा स्थानीय भोजन जसको इटालियन नाम ब्रुस्केटा हो, त्यसलाई अंग्रेजीमा बु्रसेटा भन्दै आइएको छ । उच्चारणकै कारण स्थानीय भाषासमेत लुप्त हुन थालेपछि उक्त स्थानीय भोजनलाई अंग्रेजी शब्द प्रयोग गरे जरिवाना तिनुपर्ने हुनसक्छ । 

 हालै इटालियन भाषाको ८ लाख शब्दमा ९ हजार शब्द अंग्रेजी प्रयोग भएको बताइन्छ । सन् २००० पछि इटालियन भाषामा अंग्रेजी भाषाको प्रयोग कयौं गुणाले बढेको बताइन्छ । त्यसैगरी, हरेक वर्ष फ्रेन्च शब्दकोषबाट पनि अंग्रेजी शब्दहरु विस्थापित गरिँदै लगिएको छ ।