काठमाडौं, १८ असार : ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै पाँच पटकको च्याम्पियन ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।
ब्राजिललाई जिताउन नेयमार जुनियरले उत्कृष्ट भूमिका खेले । नेयमारले पहिलो गोल गरे भने दोस्रो गोलका लागि रोबर्टो फर्मिनोलाई पास दिए ।
खेलमा मेक्सिकोले बढी समय बल खेलाउन सफल भए पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
ब्राजिलको यो जितले उपाधि जित्ने आशा मजबुद बनाउँदै लगेको छ । ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियम र जापानबीचको विजेतासंग खेल्नेछ ।
ब्राजिल सर्वाधिक सफल टिम हो ।









