🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रमबाटै कूटनीतिक मर्यादाको उल्लंघन 

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले २०७४ मंसिर १० गते प्रदेश र केन्द्रको चुनाव गर्ने मिति तोकेको छ । त्यस अघि २०७४ असोज २ गते तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति समेत निश्चित छ । यसबेला यी तीनवटा चुनावको तयारी सम्बन्धी कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने अवस्था हो । तर, बाहिरबाट हेर्दा सरकारले कानमा तेल हालेर आराम गरेजस्तो देखिन्छ । सरकारको ध्यान अरु साना मसिना कुरामा केन्द्रित भएको देखिन्छ । आन्तरिक ब्यवस्थापनमा भन्दा पनि अहिले प्रधानमन्त्री शेरवहादुर देउवाले भारतको औपचारिक भ्रमण गर्ने कुरालाई बढी महत्व दिए । राष्ट्रिय महत्वका हिसाबले यो चुनावभन्दा बढी महत्वको कुरा थिएन । तर, प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरेर प्रत्येक भ्रमणमा केही न केही गुमाएर र राष्ट्रलाई कुनै न कुनै नोक्सान पु¥याएर फर्किने परम्परालाई यसपटक अझ अघि बढाए । 
 संयुक्त विज्ञप्तिमा परेका ४६ वटा बुँदा मध्ये अर्थपूर्ण बुँदा सबै भारतले नेपालबाट लिन खोजेका कुरालाई भारतलाई दिने विषयसँग सम्बन्धित छन् भने बाँकी रहेका कुराहरूमा पनि नेपाललाई हुने फाइदाको विषयमा पनि खोक्रा आश्वासन र धन्यवाद दिनेजस्ता निरर्थक कुराहरूमा नै केन्द्रित देखिन्छन् । विज्ञप्तिको नवौं बुँदामा नेपालका प्रधानमन्त्रीले नेपालमा हालै विकसित घटनाक्रमबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएको कुरा उल्लेख छ । भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई भारतमा हालै विकसित घटनाक्रमबारे जानकारी गराएका छैनन् । यसबाट नै यो भ्रमण राष्ट्रिय जनमोर्चाका नेताले भनेझैं हाम्रा प्रधानमन्त्री ओहोदाको प्रमाणपत्र पेश गर्नकै लागि पो भारत भ्रमणमा निस्केका रहेछन् कि भन्ने देखिएको छ । अझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक भेटमा जाँदा भ्रमण दलमासंगै रहेका नेपालका परराष्ट्र मन्त्री कृष्णवहादुर महरालाई साथमा नलगेर प्रधानमन्त्रीले कूटनीतिक मर्यादाको उल्लंघन त गरे नै सत्तारुढ घटक माओवादी केन्द्रको भूमिकालाई उनले बेवास्ता गर्छन् भन्ने सन्देश पनि दिएका छन् । 
 परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र भारतका लागि नेपाली राजदूतलाई द्विपक्षीय भेटघाटमा नराखेर कूटनीतिक प्रचलन र परम्पराको समेत उल्लंघन गरेका छन् । कुनै पनि सरकार प्रमुख वा राष्ट्र प्रमुखले विदेशी राजनीतिज्ञ र कूटनीतिज्ञसँग भेट गर्दा आफ्नो मुलुकको सो मुलुकमा कार्यरत राजदूत र परराष्ट्र मन्त्रालयका पदाधिकारीलाई राख्ने प्रचलनलाई पनि उनले लत्याएका छन् । यसबाट प्रधानमन्त्री देउवाले नेपालको हित र स्वाभिमानलाई भन्दा भारतको सेवा र जीहजूरीलाई बढी महत्व दिन्छन् भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ । यस प्रकारको प्रवृृत्तिको सत्तारुढ दल र विपक्षी दल समेत सबै राष्ट्रप्रेमी सांसदहरूले भत्र्सना गर्नुपर्दछ । असमयमा भएको यो भ्रमणमा प्रधानमन्त्री देउवाले गरेका राष्ट्रहित विरोधी कार्यहरूलाई व्यवहारमा उतार्न नदिनको निम्ति आवश्यक सबै प्रयत्न राष्ट्रप्रेमी नेपालीहरूले गर्नुपर्छ र तेस्रो चरणको स्थानीय निर्वाचन र केन्द्र तथा प्रदेशको निर्वाचनलाई सफल बनाउनको निम्ति आवश्यक प्रयत्न गर्ने काम साथसाथै गर्नुपर्दछ । 
यसपटक राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेर एउटा स्वागतयोग्य काम गरेको छ । निर्वाचनमा आफ्ना मुद्दाहरू जनसमक्ष राखेर मत माग्ने राष्ट्रिय जनता पार्टीको अधिकारको कुरा पनि हो । लोकतान्त्रिक पद्धति पनि हो । विगतमा राजपाका नेताहरूले देशको विखण्डनका कुरा गरेर भत्र्सनायोग्य काम गरेका हुन् । राजपाले निर्वाचनमा भाग लिएर निर्वाचनको माध्यमबाट आफ्ना मुद्दा स्थापना गराउने प्रयास गर्ने र राष्ट्रिय एकतालाई पनि महत्व दिने काम ग¥यो भने मात्र राजपा एउटा जिम्मेवार राष्ट्रिय पार्टीको रुपमा स्थापित हुन सक्दछ । नेपालका नेताहरूले आफूलाई ठीक लागेका कुराहरूलाई नै जनताको इच्छाको रुपमा प्रस्तुत गर्ने काम गर्दै आएका छन् । आफूलाई जे ठीक लाग्छ त्यही ठीक हो भन्ने जिद्दी राजपा, नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेलगायतका कुनै पनि दलले गर्नुहुँदैन । सबैले आफ्ना मुद्दा जनसमक्ष राख्नुपर्छ र जनताले गर्ने निर्णयलाई स्वीकार गर्नुपर्छ । संविधान संशोधन पनि त्यस्तै एउटा मुद्दा हो । यसको पक्ष विपक्षमा रहेका दलले आफ्नो पक्ष ठीक हो भन्ने कारण जनसमक्ष राख्नुपर्दछ र जनताले दिने निर्णयलाई आनाकानी नगरी स्वीकार समेत गर्नुपर्दछ । संविधानका व्यवस्थाहरूको सम्मान समेत गर्नुपर्दछ । हामी निकट भविष्यमा हुन गइरहेका यी दुवै निर्वाचनको शान्तिपूर्ण सफलताको कामना समेत गर्दछौं ।