🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरमा सरुवा आतंक 

काठमाडौं । ‘दुःख पाईस मंगले आफ्नै ढङ्गले’ भने जस्तै यतिखेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पुर्पुरोमा हात समाएर बस्न थालेको अनुभूति हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कर्मचारी सरुवामा हात हालेपछि यो अवस्था आएको हो । लामो समयदेखि काठमाडौं महानगरपालिकामा दलीय संयन्त्रमा रहेर काम गरिसकेका उनलाई काठमाडौं महानगरपालिकाको कर्मचारीतन्त्रको कालाकर्तुत जानकारी हुँदाहुँदै पनि त्यही कर्तुत मच्चाउनेहरूको भरमा लाग्दा काठमाडौं महानगरपालिकाका कर्मचारी आन्दोलनमा नै उत्रिन तयारीमा लागेको खबर छ । 
काठमाडौं महानगरपालिका प्रशासन तथा संगठन विकास विभाग सम्हालेर बसेका ज्ञानेन्द्र कार्की, सचिवालयमा रहेका अर्का निर्देशक नवराज ढकालले अधिकांश वडा तथा अन्य कर्मचारीहरूलाई सरुवा गर्न मेयरलाई राजी गराएपछि कार्कीको जालमा परेर अधिकांश वडाका वडासचिवहरू परितर्वन भएका छन् । वडा सचिवहरूसंगै महानगरपालिका भित्रका केही विवादस्पद, भ्रष्ट कर्मचारीहरू पनि फेरवदल भएका छन् । 
काठमाडौं महानगरपालिकाको आम्दानीको मुख्य स्रोतका रुपमा रहेका  जिन्सी शाखाका कमिशनखोर सुमन अधिकारीलाई वडा नं. १४ मा सरुवा गरिएको छ भने ब्यक्तिगत आम्दानीको राम्रँे स्रँेत मानिने काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका सचिव रामप्रसाद पौडेललाई वडा नं. ११ मा सरुवा गरिएको छ । त्यस्तै वडा नं २८ का वडा सचिव सुदर्शन भट्टराईलाई महानगरभित्रको मालदार शाखा मानिने जिन्सी शाखामा सरुवा गरिएको थाहा भएको छ । 
प्रक्रिया नमिलाएर, कार्यकारी अधिकृतको समेत सहमति नलिई काठमाडौं महानगरपालिकामा भएको यो सरुवाले मेयर शाक्यलाई निल्नु न ओकल्नु पारेको खबर छ । अधिकांश राम्रा ठाउँमा कांग्रेस निकट थिए । अहिले तिनलाई सरुवा गरेर अन्य कर्मचारीहरूलाई ल्याइएको आरोप छ । केही कर्मचारीहरूलाई दाम कमाउने ठाउँमा सरुवा गर्दा प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की र सचिवालयमा रहेका निर्देशक नवराज ढकालले शुभलाभ हासिल गर्न सफल भएको चर्चा पनि महानगरमा सुरु भएको छ । यी दुई कर्मचारीको लहलहैमा लाग्दा मेयर विद्यासुन्दर शाक्य विवादमा पर्दै आएका छन् । मुख्य कुरा कर्मचारीहरूको सरुवा गर्दा प्रक्रिया नपु¥याई मेयरले टाउको दुखाउने काम गरेको स्रँेतले बताएको छ । 
यस्तो सरुवाले काठमाडौं महानगरपालिकाका एमालेबाट विजयी भएका वडा अध्यक्षहरू नै असन्तुष्ट रहेको खबर छ । आफूहरू जनप्रतिनिधि भएर आईसकेपछि वडासचिव परिवर्तन गर्नुपर्ने वा नपर्ने छलफल सरसल्लाह र जानकारी नै नगराई केही ब्यक्तिहरूको स्वार्थमा डुवेर मेयरले सरुवा सदर गरेका छन् । त्यो निकै घातक भएको एमाले निकट एक अध्यक्षले साँघुलाई बताए । त्यस्तै वडा र महानगरमा रहेर मोजमस्ती गर्दै आएका कांग्रेस निकट कर्मचारीहरूले भने यो सरुवालाई बदर गराउनका लागि वातावरण व्यवस्थापन विभाग मातहतमा काम गरिरहेका कुचिकारहरूको प्रयोग गरी आन्दोलन गर्ने र काठमाडौंको फोहोर नउठाउने गरी आन्दोनलको कार्यक्रम तय गर्न लागेको खबर छ ।