🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अमेरिकी डलरको भाउ घट्याे, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बिहीबार ५३ पैसाले घटेको डलर शुक्रबार १९ पैसाले घटेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६० पैसाले घटेको हो । बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७८ पैसा कायम गरिएको थियो।  

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा तोकिएको छ। यो मूल्य बुत्रबारको तुलनामा एक रुपैयाँ २९ पैसाले घटेको हो । बिहीबार यसको खरिदमूल्य १६३ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ९१ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको कारोबार स्थिर रहेको छ। आज एक अष्ट्रेलियन डलरको खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बिहीबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

यता, शुक्रबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ दुई पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । 

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८५ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ १० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।