यति धेरै माया दियौ मेरो मन भुलायौ
बगैँचामा अनेक फूलहरू फुलाउन बोटहरू रोप्यौ
यो माया कति अट्छ दिलबाट सोचिरहेको छु
मायाको प्यास मेट्न तिमिलाई खोजेको छु !
रमाइलो लाग्छ मलाई उनी सँग भेट हुँदा
कल्पना गर्छु मैले अनेक कुरा सोच्दा
एक छिन देख्न नपाउँदा यो मन दुखेको हुन्छ
तिमिलाई भेट्न यहाँ धेरै हिँड्नु पर्ने छ !
मनमा अनेक आशाहरू छन् पुरा गर्नु छ
अनेक पलका कथाहरू सुन्नु पनि छ
त्यो मनले दिने मायाले यो मन भुलाएको छु
मायाको प्यास मेट्न तिमिलाई खोजेको छु !
गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न.पा.२ दिपायल डोटी



