🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिंड्ने बेलामा डीआईजीपीहरूको यस्तो उपद्रो 

काठमाडौं । नेपाल प्रहरी प्रादेशिक संरचनामा गएपछि क्षेत्रीय प्रहरी कार्यालय स्वतः खारेज हुने भएका छन् । क्षेत्रीय प्रहरी कार्यालयमा ६ महिनाअघि सरुवा भएका डीआइजीहरूलाई विस्थापन गरी अब प्रदेश प्रहरी कार्यालयमा एआइजी खटिएका छन् ।  
क्षेत्रीय प्रहरी प्रमुखहरू ६ महिनामै फर्किने भएपछि विगतमा आफैंले बदनाम भन्दै सरुवा गरेकाहरूलाई साविककै स्थानमा फर्काएका छन् । मध्यमान्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले ६ महिनाअघि बदनाम भन्दै कारबाहीस्वरुप क्षेत्रदेखि पहाडी जिल्लामा सरुवा गरेका घुमुवाहरूलाई साविककै कार्यालयमा फर्काएको खबर छ । मध्यमान्चल क्षेत्रीय प्रहरी कार्यालयका डीआइजी गणेश केसीले ६ महिनाअघि सरुवा भएपछि बदनाम घुमुवाहरूलाई क्षेत्र, अन्चल र पहाडी जिल्लाका प्रहरी कार्यालयमा सरुवा गरेका थिए । तर अहिले तिनै घुमुवाहरूलाई जहाँबाट आर्थिक अनियमिततामा संलग्न भनेर सरुवा गरिएको थियो, त्यही ठाउँमा फर्काइएको खबर छ ।
डीआइजी केसीका पीए प्रहरी नायब निरीक्षक (सई) दिनेश खरेल र अवकाशप्राप्त सई बच्चु कुर्मीले घुस संकलन गरेर भेटी चढाएपछि बदनामहरूलाई साविककै स्थानमा फर्काएको विवरण प्राप्त भएको छ । सई कुर्मी गणेश केसी सर्लाहीको एसपी हुँदा उनका घुमुवा थिए भने खरेल लेखापालबाट अनियमितता काण्ड लागेर बाहिरिएका हुन् । यी दुई सईले विगतमा बदनाम भनेर कारबाहीस्वरुप विभिन्न ठाउँमा सरुवा गरिएका घुमुवालाई साविककै युनिटमा ल्याउन सफल भएको आरोप छ । खरेल र कुर्मीले स्वच्छ छविका मानिने डीआइजी केसीलाई सरुवा हुने बेलामा विवादमा तान्ने काम गरेको चर्चा पनि छ । 
रौतहटका घुमुवा असई बब्लु ठाकुरको बारेमा गुनासो आएपछि क्षेत्रमा तानिएको थियो । गौर भन्सारको इन्चार्ज पनि बसेका ठाकुरलाई क्षेत्रको घुमुवा बनाउने भनेर तानिएको  थियो । उनलाई सर्लाही, महोत्तरी, धनुषा समेत तीनवटा जिल्ला हेर्ने भनेर घुमुवा बनाएर पठाएका थिए । 
तर २०७४ भदौ ८ गते उनलाई जनकपुर अन्चल प्रहरी कार्यालयको घुमुवामा पठाइएको छ । अर्का घुमुवा मुना सिंह बीरगंजमा लामो समय कार्यरत थिए । बदनाम भएर दोलखामा सरुवा भएका थिए । भदौ ८ को सरुवामा साविककै ठाउँ नारायणी अन्चल प्रहरी कार्यालयमा ल्याइएको छ । अर्का घुमुवा लालजी यादव रौतहटमा घुमुवाका रुपमा अति नै विवाद भएपछि नुवाकोटमा धपाइएका थिए । फेरि रौतहटमै ल्याइएको छ । रौतहटका अर्का घुमुवा अरविन्दकुमार सिंहलाई रामेछाप पठाइएको थियो । अहिले फेरि रौतहटमै फर्काइएको छ । 
धादिङमा शरद खत्री एसपी हुँदा उनले राखेका घुमुवा पुरुषोत्तम पराजुलीले राजमार्गमा गिटी बालुवादेखि क्रसर ब्यवसायीसँग घुस असुली गरेको गुनासोपछि बारा सरुवा गरिएको थियो । अहिलेको सरुवामा फेरि धादिङमै ल्याइएको छ । धनुषाका घुमुवा सुरेन्द्र मिश्रलाई धादिङ पु¥याए पनि फेरि साविककै धनुषा ल्याइएको छ । त्यस्तै रौतहटबाट रसुुवामा पु¥याइएका घुमुवा विकासबाबु सिंह, सर्लाहीबाट जनकपुर अन्चलमा सरुवा गरिएका कुन्दनकुमार सिंहलाई पनि साविककै  सर्लाहीमा फर्काइएको छ । 
मकवानपुरबाट ब्यापक गुनासोपछि रामेछाप सरुवा गरिएका सुन्दरभक्त खरेललाई पुनः मकवानपुरमै ल्याइएको छ । धनुषाबाट नारायणी गुल्ममा तानिएका अमितकुमार तिवारीलाई पुनः धनुषा लगिएको छ । जनकपुरमा लामो समय बसी बदनाम भएका विनोद भट्ट मालीलाई नारायणीमा सिभिल समूह भनेर घुमुवा राखिएको छ । विनोद तिवारी धादिङबाट चितवनमा सरुवा भएका थिए । अहिले पुनः धादिङमै पुगेका छन् । बाराबाट चितवनमा सरुवा गरिएका विनोदप्रसाद कलवार पुनः बारामै पुगेका छन् । 
चितवनमा ९ बर्ष घुुमुवा बसेका मकवानपुरका सई बुद्धि चौधरीलाई पुनः चितवनमा पठाइएको छ । चौधरी प्रद्युम्न कार्की एसपी हुँदा सरुवा भएका थिए । 
नेपाल प्रहरीले संघीयता कार्यान्वयन गर्दै सातवटै प्रदेशमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी कायम गरेपछि यसअघि विकास क्षेत्रका आधारमा कायम भएका क्षेत्रीय प्रहरी कार्यालय निस्क्रिय भएका छन् । यसअघि क्षेत्रीय प्रहरी कार्यालय रहेका बिराटनगरमा एक, हेटौंडामा ३, पोखरामा ४, नेपालगंजमा ६ र दिपायलमा ७ नम्बर प्रदेश प्रहरीका कार्यालय रहनेछन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र ५ नम्बरको दाङमा राख्न लागिएको छ ।