🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीको दोस्रो चीन भ्रमण : दुःखदायी पक्ष !

केही समय अघि नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका बेलामा प्रधानमन्त्रीले भारतबाट के के ल्याउन सक्छन् र के के ल्याउन सक्दैनन् भन्ने विषयमा जे जसरी चर्चा भएको थियो त्यसरी नै अहिले प्रधानमन्त्रीले चीनको भ्रमण गरेको समयमा पनि ओलीले चीनसँग के के माग्छन् र चीनले नेपाललाई के दिन्छ र के दिँदैन भन्ने विषयमा व्यापकरुपले चर्चा भएको छ र भइरहेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यहरूले पनि नेपालले चीनसँग यस्तो यस्तो आग्रह ग¥यो वा सहयोग माग्यो र चीनले पनि नेपाललाई यो यो कुरा दिने सम्झौता भयो भनेर बताइरहेका र बताएका छन् । यसरी सरकारी अधिकारीहरू र सामान्य मानिसहरूसम्म सबैजसो सरकारले चीनसँग कुन कुन कुरा माग्यो र चीनले के के दियो भनेर बताइरहेका छन् ।

 पत्रपत्रिका, रेडियो, टेलिभिजन र सोसल मिडियामा पनि जताततै दिने र लिने कुरा भइरहेको छ । विदेशीहरूसँग माग्नु र लिनसक्नुलाई एकमात्र उपलब्धिकोरुपमा ग्रहण गर्ने र बताउने काम भइरहेको छ । 

 भ्रमण टोलीका सदस्य वा सरकारले हामीले चीनसँग यी कुराहरूमा सहयोग माग्यौं र चीनले पनि हाम्रा यी यी अनुरोध अनुरुप हामीलाई यो यो सहयोग गर्न स्वीकार ग¥यो भनिरहेका छन् र विश्लेषकहरू र बुद्धिजीवीहरूले पनि सरकारले चीनसँग  के के कुरामा सहयोग मागेको थियो र चीनले के के दिने वचन दियो भनेर भ्रमणको समीक्षा गर्दैछन् ।

चीनले दिएका कुन कुराले नेपालको समृद्धिमा सहयोग पुग्छ र नेपालीहरूलाई सुखी बनाउन मद्दत पुग्छ भन्ने चर्चा भइरहेको छ । यसरी समृद्धि र खुसी अरुसँग मागिने कुरा हो र अरुले समृद्धि र खुसी दिए भने मात्र नेपाल समृद्ध हुन्छ र नेपाली सुखी हुन्छन् भन्ने खालको सन्देश समाजमा प्रवाहित भइरहेको छ । यसले वर्तमान युगमा नेपालमा मगन्ते संस्कृतिको जन्म र विकास भएको छ भन्ने देखाउँछ । 

 कसैले यसलाई संस्कृति पनि भनेका छन् । नेपालका धेरैजसो राजनीतिक नेताहरू दातृ संस्था र निकायहरूले विद्वान र बुद्धिजीवीको संज्ञा दिएका धेरै नेपाली बुद्धिजीवी र विद्वानहरूले अहिले नेपालको कमण्डलु संस्कृतिलाई जिम्मेवार ठह¥याएको देखिदैन । कर्मयोगको सिद्धान्त र संस्कृतिको प्राचीन परम्परालाई जिम्मेवार ठह¥याउने गैरजिम्मेवारी धेरैजसो काम उनीहरूले गर्छन् र कमण्डलु संस्कृतिलाई अझ बलियो बनाउने काम गरिरहेका छन् । 

 प्रधानमन्त्रीको २०७५ असार ५ गतेदेखि १० गतेसम्मको चीन भ्रमणको सफलता र असफलताको मूल्यांकन गर्दा पनि चीनसँग के के माग्नुपर्दथ्यो र के के माग्न हुने थिएन भन्ने कुराका आधारमा भएको र भइरहेको देखिन्छ ।

तर यथार्थ भने यसको उल्टो छ । संसारको इतिहासले जुन देश र समाजले आफैंले मिहिनेत गरेर, श्रम गरेर समृद्धि र खुसी हासिल गर्ने प्रयत्न गर्छ त्यस देश र समाजको मात्र वास्तविक र दिगो समृद्धि र खुसी हासिल गर्छ भन्ने कुरा देखाएको पाइन्छ । 

निश्चय नै मित्र राष्ट्रहरूले गर्ने आड भरोसा र सहयोगले मुलुकमा समृद्धि र सुख हासिल गर्नको निम्ति गर्नुपर्ने काम गर्न मानिसहरूलाई प्रेरित गर्न सक्छ र त्यस अर्थमा मित्र राष्ट्रहरूको आड–भरोसा र सहयोग पनि मुलुकको समृद्धि र मुलकवासीको खुसीका निम्ति महत्वपूर्ण हुन्छ । त्यसैगरी, अहिले नेपाल र चीनको बीचमा भएका एक दर्जनभन्दा बढी सम्झौताहरूको सही अर्थमा कार्यान्वयन हुन सक्यो भने त्यसबाट नेपालको समृद्धिमा मद्दत पनि पुग्न सक्दछ । 

 नेपाल र चीनले हस्ताक्षर गरेको चीनबाट केरुङ हुँदै काठमाडौंसम्मको रेलमार्ग निर्माण सम्बन्धी सहमति पत्र अनुुसार नै रेलमार्गको निर्माण हुन सक्यो भने त्यसलाई नेपालको पूर्वाधार विकासको क्ष्ँेत्रमा एउटा ठूलो उपलब्धिकोरुपमा लिनुपर्ने अवस्था हुन्छ, तापनि कुनै विशेष परियोजनाको कार्यान्यन हुन सक्यो भने त्यसबाट नेपालको समृद्धिमा मद्दत पनि पुग्न सक्दछ ।

नेपाल र चीनले हस्ताक्षर गरेको चीनबाट केरुङ हुँदै काठमाडौंसम्मको रेलमार्ग निर्माण सम्बन्धी सहमति पत्र अनुसार नै रेलमार्गको निर्माण हुन सक्यो भने त्यसलाई नेपालको पूर्वाधार विकासको क्ष्ँेत्रमा एउटा ठूलो उपलब्धिकोरुपमा लिनुपर्ने अवस्था हुन्छ तापनि कुनै विशेष परियोजनाको कार्यान्वयन गर्ने सम्झौता कसैसँग भएर पनि त्यसको वास्तविकरुपले कार्यान्वयन हुन सकेन भने त्यसबाट मुलुकको समृद्धिमा योगदान पुग्दैन भन्ने कुरा हाम्रो इतिहासले हामीलाई बताइसकेको समेत छ । 

दुई बर्ष अघि नेपालका प्रधानमन्त्रीले चीन भ्रमणको अवसरमा नेपालले चीनसँग पारवहन सम्झौता गर्ने सहमति भएको कुरा सार्वजनिक भएको हो । त्यसबेला चीनसँग पारवहन समझौता गर्ने सहमतिलाई नेपालले नेपालको एउटा ऐतिहासिक उपलब्धिकोरुपमा लिएको हो ।

भारत आश्रित अर्थतन्त्र वा भारतमा निर्भर अर्थतन्त्रकोरुपमा रहेको नेपालको अर्थतन्त्रलाई एउटा स्वतन्त्र वा आत्मनिर्भर अर्थतन्त्रमा लैजानको निम्ति चीनसँग हुने पारवहन सम्झौता बलियो कोसेढुंगा हुने कुरा स्पष्ट नै थियो । त्यसैले नेपालमा अहिले चीनसँग पहिलोपटक पारवहन सम्झौता गर्ने प्रस्ताव राख्ने केपी ओली नेपालको प्रधानमन्त्री भएको बेलामा नेपालमा प्रधानमन्त्रीले चीनको भ्रमण गरेको समयमा नेपाल र चीनको पारवहन सम्झौताको प्रोटकलमा समेत हस्ताक्षर होला भन्ने अनुमान र आशा नेपालीहरूले गरेका थिए । 

 नेपाल र चीनकोबीचमा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन सकेको भए त्यसले प्रधानमन्त्रीको चीन भ्रमणलाई ऐतिहासिक बनाउने पनि थियो । तर यसपटक पारवहन सम्झौता टुंगिन नसकेको कुरा सार्वजनिक भएपछि नेपालमा एकप्रकारको निराशा समेत उत्पन्न भएको छ । एक डेढ महिनाको गृहकार्यपछि चीनसँगको पारवहन सम्झौता टुंगोमा पुग्छ भन्ने कुरा नेपाली अधिकारीहरूले बताएका छन् ।

तापनि दुई बर्ष अघि चीनसँग पारवहन सम्झौता गर्ने सैद्धान्तिक सहमति भएपछि अहिलेसम्मको अवधिमा नेपाली पक्षले गर्न नसकेको गृहकार्य अबको डेढ महिनामा पक्कै गर्छ भन्न मिल्ने अवस्था देखिदैन । 

 दुःखदायी पक्ष के छ भने, प्रधानमन्त्रीको हैसियतले प्र.मं. ओलीको दोस्रँे चीन भ्रमण दुई बर्ष अघि चीनसँग पारवहन सम्झौता गर्ने सैद्धान्तिक सहमति भएको भएपनि अहिलेसम्म त्यस सम्झौताले व्याहारिकरुप लिन नसकेको कुराले नै पनि कुनै कुरामा प्रारम्भिक सम्झौता भएर पनि त्यसको कार्यान्वयन नहुँदासम्म त्यसबाट मुलुकले उपलब्धि हासिल गर्न सक्दैन भन्ने देखाउँछ ।

त्यसैले यसपटक नेपाल र चीनबीचमा काठमाडौंसम्म आउने रेलमार्गको निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको भएपनि सो अनुसार साँच्चै नै रेलमार्गको निर्माण भएर रेल आवातजावात गर्न थालेपछि मात्र अहिले भएको सम्झौताबाट नेपालले वास्तविक उपलब्धि हासिल गर्न सक्दछ ।

त्यसैले यसपटकको चीन भ्रमणको समयमा दुई देशको बीचमा भएका सन्धि सम्झौताको व्यावहारिकरुपमा कार्यान्वयन हुन सक्यो भने मात्र त्यसले नेपालको अर्थतन्त्रमा योगदान दिन सक्दछ । 

तर, मूलकुरा के हो भने विदेशी सहयोग समृद्धिको सहायक तत्व मात्रै हो, समृद्धि हासिल गर्नको निम्ति हामी आफैंले पोख्ने पसिना मात्रै निर्णायक तत्व हुन्छ ।

त्यसैले हामीहरूले साँच्चै नै मुलुकलाई समृद्ध बनाउने हो भने हामीहरू मगन्ते संस्कृतिबाट मुक्त भएर समृद्धिका निम्ति आफैं श्रम गर्न अग्रसर हुनुपर्छ । त्यसको निम्ति मुलुकले सर्वप्रथम स्पष्ट र पारदर्शी परराष्ट्र नीतिको निर्माण गर्न र सो अनुसार विदेश सम्बन्धको सञ्चालन गर्न जरुरी हुन्छ । 

जे भए पनि अहिले डेढ महिनासम्ममा चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर होला र रेलमार्ग निर्माणलगायतका अन्य सम्झौता पनि कार्यान्वयन होलान भन्ने आशा गर्ने बाहेकको अरु विकल्प नै के छ र ?