🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२१ लाखकाे खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी फाइनलमा प्रवेश

सुदूरपश्चिम, १५ चैत (रासस) : मनाङ मर्स्याङ्दी क्लब धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।

     आज भएको प्रतिस्पर्धामा क्यामरुनको एभिनियर फुटबल क्लबलाई ०–६ गोलले पराजित गर्दै मानाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेको हो । नौ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धामा उत्रिएको क्यामरुन फुटबल क्लबका दुई खेलाडीले खेल चलिरहँदा रेड कार्ड पाएपछि सात खेलाडीमा सीमित हुन पुगेको थियो । आवश्यक कागजात जुटाउन नसकेपछि क्यामरुनले आफ्ना नौ खेलाडीलाई मात्र प्रतिस्पर्धामा उतारेको थियो ।

मानाङको जितमा सायीजमलले ह्याट्रिक गोल गरे । खेलको १२औँ मिनेटमा मनाङका जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मानाङसँग सात खेलाडीमा सीमित हुन पुगेको क्यामरुन एभिनियरले दोस्रो हाफमा थप पाँच गोल खानुप¥यो ।

     पहिलो हाफमा फाउल खेलेका क्यामरुनका जोर्डन जुनियर पहेँलो कार्ड पाएका थिए । त्यसको विरोधमा जोर्डन विपक्षी टोली र एमपायरसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बहिरिनुप¥यो । त्यसको केही मिनेटपछि क्यामरुनकै गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि सो क्लब सात जना खेलाडीमा सीमित हुन पुग्यो ।

खेलको ५४औँ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले गोल गरे । ५९औँ, ६७औँ र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गर्न सफल भए । ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छौटौँ गोल गरे ।   
 

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित सायीजमल रु १० हजारबाट पुरस्कृत भए । मनाङ मर्स्याङ्दीले यही चैत १८ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।  यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।
–––