• बिहीबार-बैशाख-१३-२०८१

कन्डक्टर नै भएको भए साहित्य ओझेलमा : सिर्जना आत्मज्ञानको अनुभूति हो

 

मानिसको जीवनमा आरोह, अवरोह स्वभाविक हो । एउटा बच्चा परदेशमा जन्मिएर आफ्नो देशको साहित्य साधनमा लाग्ला भन्ने कल्पना कमै मानिसले गरेका हुन्छन्् । साहित्य मानवीय संवेदनाको प्रस्तुति पनि हो । तर, यो सजिलोसँग साधना विना प्राप्त हुँदैन । त्यसको लागि खारिनु पहिला तातिनु पर्छ । अनि आकार ग्रहण गर्नका लागि पिटिनु जरुरी छ । इन्द्रकुमार श्रेष्ठ ‘सरित’ यस्तै एक कुशल साधक हुन नेपाली साहित्यका लागि ।


कविता, कथा, बालकथा, लघुकथा, उपन्यास, हाइकु र गजल विद्यामा आफ्नो छुट्टै पहिचान बनाएका श्रेष्ठले जागिरको दौरानमा धेरै साहित्यिक कृतिको सिर्जना गरे । सिर्जना आत्मज्ञान र अनुभूति बिम्व पनि हो । श्रेष्ठलाई जागिरले जीवन निर्वाह र लेखनमा बराबरी सहयोग ग¥यो ।   


बाबुको थातथलो ताप्लेजुङ हो । बाबु ब्रिटिश गोर्खामा लाहुरे थिए । लाहुरको सिलसिलामा बर्मा रहेको बेला उनी बर्माको म्यानमारमा जन्मिए । २०२५ सालमा उनको परिवार बर्मा छोडेर सँधैंका लागि नेपाल फर्कियो । नेपाल आएपछि उनको प्रारम्भिक पढाई सुनसरीको राष्ट्रिय प्राथमिक विद्यालयबाट सुरु भयो । विभिन्न विद्यालयको अध्ययन पछि सदन माध्यमिक विद्यालय, धरानबाट २०३५ सालमा एसएलसी दिए । पहिलो प्रयास खेर गयो । उनी फेल भए । 


एसएलसी दिएर बसेको बेला उनलाई जागिरले खोज्दै आयो । उनी भन्छन् ‘मेरो जीवनको पहिलो जागिर मैले खोजेको हैन । मलाई खोज्दै जागिर आइपुग्यो ।’ जनसहयोग प्राविका सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर राईले घरमै आएर उनलाई जागिर दिए । जागिर के हो भन्ने थाहै नभएको सोह्र बर्षे ठिटो जागिरे भयो । त्यही साल उनको पहिलो सिर्जना कविता ‘नयाँ सन्देश’ साप्ताहिकमा प्रकाशित भयो । उनका लागि यी दुईखुसी सँगै आएका थिए ।


एसएलसी अनुत्र्तीण भएपछि पीडा भुलाउन काठमाडौं आए । यहाँ आएर टाइप र शर्टह्याण्ड सिके । अंग्रेजी भाषाको कक्षा लिए । तर, काठमाडौंमा उनको मन अडिएन । सुनसरी नै फर्किए र मोरङ पशुपति यातायातमा आवद्ध भएर धरान, विराटनगर, काँकडभिट्टा, भद्रपुर, काठमाडौं गर्न थालें । यसमा उनको मन रमेन । त्यो स्वभाव अनुसार आफूलाई सुहाउने पेशा थिएन पनि । पेशा छोडे । हात लागेको केही पैसाले सानो पसल खोले । सानो पसलको आम्दानी पनि सानै भयो ।


केही समय पछि नेपाल चिया विकास निगमको परीक्षा दिए । उनलाई आफू पास हुँला भन्ने थिएन तर नाम निस्कियो । २०३५ सालदेखि वामपन्थी राजनीति र साहित्य लेखनमा सक्रिय भए । जागिर बचाउनका लागि गोप्य राजनीतिक क्रियाकलाप र खुल्ला साहित्य लेखन गरे । उनका लेख रचना झापा, मोरङ, सुनसरी हुँदै काठमाडौं र दार्जलिङसम्म छरिए । त्यही जगले आजको आकार ग्रहण ग¥यो ।


पढाईको महत्व
जागिरको दौरानमा रहेको समय उनले पढाइ के हो भन्ने महत्व बुझे र २०४१ सालमा मात्र उनले एसएससी उत्र्तीण गरे । पढाएका लागि झक्झक्याउने हाकिमद्वय राजेन्द्र ढकाल र यादव गड्तौलालाई सँधैं संझिन्छन्् । २०४४ चिया विकास निगमबाट राष्ट्रिय वीमा संस्थान, काठमाडौं आए । यही उनले एम.ए सम्मको अध्ययन पूरा गरे । कछुवा गतिमा उनको जागिरे जीवन चलिरह्यो । यही समयमा उनले आधा दर्जनभन्दा बढी कृति प्रकाशन र साहित्यिक पत्रिकाको सम्पादन गरे । आफ्नो स्वाभिमानसँग सम्झौता नगर्ने स्वभावका कारण कहिल्यै आँखा झुकाउनु परेन । ३० वर्षे सेवा अवधि पूरा गरेर २०६८ सालमा नायव व्यवस्थापक पदबाट सेवा निवृत भए ।  


सेवा निवृत भएरपछि पुनः शिक्षण पेशा रोजे । स्वदेश नेपाल डटकम अनलाइन पत्रिकासँग पनि आवद्ध भए । यस अवधिमा तीन दर्जनभन्दा बढी स्रष्टा, गायक, सामाजिक अभियन्ताहरुसँगको कुराकानी स्वदेश नेपाल अनलाइन र युट्युब च्यानलबाट प्रसारित भयो । जहाँ जे गरे पनि उनको मन मस्तिष्क साहित्यमा छ । साहित्य लेखनमा लागेपछि साहित्य बिनाको जीवनको त कल्पनै गर्न नसकिने रहेछ । उनी भन्छन््– ‘लेखन त जीवनको ढुकढुकी हो ।’


‘साँढे चार दशकको साहित्यिक यात्रामा पैसा कमाइएन । तर, पैसाले किन्न नसकिने आत्मसन्तुष्टि प्राप्त गरेको सत्य हो ।’ २०३५ सालदेखि निरन्तर साहित्यमा साधनारत छन्् । त्यही भएर होला साहित्य जीवन र जगतको घटनाप्रधान र भावना प्रधान अभिलेख हो भन्ने उनको बुझाइ छ । 


साहित्य आफू अभिव्यक्त हुन् लेख्ने र त्यसले समाज र सिंगो राष्ट्रप्रति जिम्मेवार बनाउने उनको बुझाइ छ । जीवन र प्रकृतिलाई बुझ्दा साहित्यमा प्रकृति र प्रकृतिमा साहित्य छ । साहित्य र जीवनको संयोजन प्राकृतिक हुन्छ । जीवन र साहित्य मूर्त हुन्छ कि अमूर्त ? भन्ने प्रश्नमा जीवन र साहित्य दुवैमा यी छन्् । एउटाको अस्तित्वलाई स्वीकार गरेर अर्कोलाई थुनछेक गर्नु न्याय संगत नहुने उनको बुझाइ छ । 


लेखन र सम्पादन दुबैमा उत्तिकै भूमिका निर्वाह गरेका श्रेष्ठका १६ साहित्यिक कृति प्रकाशन छन् । झण्डै एक दर्जन कृतिको सम्पादन गरेका छन्् । उनका प्रकाशित कृतिमा दिदीको देवर, एकजोर फूलघोडा, ड्राइभर दिदी, समर हाँक्ने समय र ऋतु फेरिदै जान्छले चर्चा बटुलेका छन् । 


पुरस्कार  
युवावर्ष मोती, काजी रोशन, शंकर कोइराला, स्वर समूह, प्रमोदराज–सावित्री पाण्डे स्मृति, चिसाप गायत्री सरस्वती पुरस्कार प्राप्त गरेका छन्् । त्यस्तै एक दर्जन बढी सम्मान प्राप्त गरेको छन् ।
 

प्रतिकृया दिनुहोस