🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संविधान विपरीत रञ्जिता श्रेष्ठ कसरी बन्छिन् उपराष्ट्रपतिको उम्मेदवार ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई संविधानकाे धारा ६४ काे उप धारा(१, ख) विपरीत याेग्यता नपुग्ने भएपनि उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधानले गरेकाे व्यवस्था अनुसार, उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष उमेर पुगेकाे हुनु पर्छ ।

    आज २०७९ फागुन २६ गते बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले राससलाई जानकारी दिएका हुन् ।

    संविधानकाे धारा ६४ काे उप धारा(१, ख) विपरीत याेग्यता नपुग्ने भएपछि अब उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा कसरी प्रस्ताव गरिने हाे  ?  श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद ४० वर्षीय सांसद हुन्  । उनकाे जन्म मिति १९ फेब्रुअरी १९८३ रहेकाे जानकारी हुन  आएकाे छ ।

    यसैगरी जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने  निर्णय २०७९ फागुन २५ गते गरेको थियो । उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारकाे मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।