🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साहुजीहरुको पासा पल्टियो ! शेखरको समर्थन किशोरलाई !!

काठमाडौं । निजी क्षेत्रको एक मात्र छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला/नगर उद्योग बाणिज्य संघको प्रतिनिधित्व गर्ने रिक्त उपाध्यक्ष पदका लागि २०७४ भदौ १२ गते ३ जनाको उम्मेदवारी परेको खबर छ। महासंघको रिक्त उपाध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधान, कार्यकारिणी समितिका सदस्य तथा घरेलु तथा साना उद्योग समितिका सभापति निरक केसी र प्रकाश साउदले उम्मेदवारी दर्ता गरेको खबर छ। उम्मेदवारी दर्ताका साथै उद्योगी–ब्यबसायीहरुको चुनावी चहल पहल, भेटघाट, गोप्य भेलाहरु सुरु भएका छन्। भदौ १९ गते निर्वाचन तोकिएको छ। उम्मेदवारी फिर्ताको समय २०७४ भदौ १६ गते शुक्रबारसम्मको समय रहेको छ। वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानको पक्षमा निर्वाचनको माहोल बनाउन चण्डीराज ढकालले कमाण्ड सम्हाली सकेका छन्। साहुजीहरुको निर्विकल्प नेता चण्डीको कमाण्डमा किशोरको प्रचार सुरु भएको छ । २०७४ भदौ १२ गते सांझ नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, प्रदेश सभापतिहरु एक नम्बरका नरेन्द्र खड्का, दुई नम्बरका शिवकुमार साह, ४ नम्बरका संजीव कोइराला, ५ नम्बरका गुणनिधि तिवारी, कृष्ण शर्मा, विश्व पालिखे, कार्यकारिणी समितिका सदस्यहरुलगायतले पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराजा ढकालको प्रस्तावलाई स्वीकार गर्दै किशोर प्रधानलाई समर्थन गर्ने उद् घोष गरेका थिए। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नो प्रतिद्वन्द्वी रहेका किशोरलाई समर्थन गर्ने मन नभएतापनि 'चण्डी दाइ'को प्रस्तावलाई काट्न सक्ने अवस्था नरहेकोले मेरो समर्थन किशोरजीलाई भयो, म समर्थन र सहयोग गर्छु भनेर प्रतिबध्दता प्रकट गरेका थिए। त्यस्तै प्रतिबध्दता बस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि प्रकट गरेका थिए, ग्रीनवीच होटेलमा भएको रात्री कार्यक्रममा लगभग ४० जना उद्योगी–ब्यबसायीहरुको जनघट भएको थियो। कृष्ण शर्मा, गुणनिधि र विश्व पालिखेले समेत समर्थन जनाएका थिए। किशोर प्रधानलाई सहयोग गर्ने चण्डीराजा ढकालको प्रस्तावलाई एशोसिएटका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ३ नम्बर प्रदेशका सभापति दिनेश श्रेष्ठले पनि सहस्र स्वीकार गरेको दावी चुनावी कमान्डर चण्डीराज ढकालको रहेको छ। पूर्व अध्यक्षहरु पनि सबैले कसैले खुल्ला र कसैले मौन रुपमा किशोर प्रधानलाई नै सहयोग गर्ने मनस्थिति बनाएको थाहा भएको छ।